विप्लव माओवादीलाई सरकारले लगायो प्रतिवन्ध

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं-सरकारले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा जानकारी गराएका हुन् ।