काठमाडौंमा बन्दको आंशिक प्रभाव

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक परेको छ ।

बिहानैबाट निजी सवारी साधन निर्वाध चलिरहेका छन् । तर, सार्वजनिक सवारी साधनमा भने यसको प्रभाव परेको छ । सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती पाएका छन् ।

काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधन पनि चलेका छैनन् ।

शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ ।

नेकपा विप्लव समूहले आज बन्द आह्वान गरेको हो तर, सरकारले उसका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण कहीँ पनि बन्दकर्ता सडकमा देखिएका छैनन् ।

विभिन्न स्थानमा बिहानैदेखि शंकास्पद वस्तु तथा बम भेटिएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।