प्रचण्डलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

काठमाडाैं- पत्नी सीता दाहालकाे उपचारका लागि अमेरिका पुगेका पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजदूतावास पुगेका छन् ।
वासिंगटन डिसीस्थित नेपाली दूतावासमा प्रचण्डलाई अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कुमार कार्की तथा कार्यालयका कर्मचारीले स्वागत गरेका थिए ।
साे क्रममा राजदूत कार्की पछिल्लाे अमेरिकी रणनीति तथा राजदूतावासकाे कार्य सम्पादनका बारेमा ब्रिफिङ गरेका थिए ।
पत्नी सीता दाहालकाे उपचारका लागि प्रचण्ड स्वकीय सचिव तथा छोरी गंगा दाहालसहित आइतबार साँझ अमेरिकातर्फ प्रस्थान गरेका थिए ।
अमेरिकाको जोन होप्किन्स अस्पतालमा उपचार गराइरहेकी प्रचण्ड पत्नी सीतालाई प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पिएसपी) भएकाे केही महिना अघि सिंगापुरमा पुष्टि भएकाे थियाे । कात्तिकमा उनले सीतालाई म्याग्दीको तातोपानी कुण्डमा नुहाउन लगेका थिए ।
प्रचण्डविरुद्ध युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको आराेपमा बाल्टीमोरस्थित संघीय ब्युरोमा उजुरी हालिएकाे छ। केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले प्रचण्डविरुद्ध उजुरी गरेका हुन् ।
‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएका छन् । उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए। उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन्,’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख थियाे ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...