‘सिउँदो’ मा सोनिया र एकदेवको बेजोड अभिनय

काठमाडौं– करिव एक दशकअघि गायक तथा संगीतकार यश कुमारको शब्द तथा संगीतमा तयार भएको ‘सिउँदो…’ को गीत बाबु बोगटीको स्वरमा रेकर्ड भएको थियो । उक्त गीतका कारण कुनैबेलाका अति नजिकका दुई मित्र यश कुमार तथा बाबु बोगटीबीच मनमुटावमात्र नभइ विवाद नै सिर्जना भएको थियो । अन्त्यमा, गायक बोगटीले एकदेवको गीतलाई न्यू भर्सन तथा आफ्नो गीतलाई ओल्ड भर्सन भनिनु पर्ने माग राखेपछि उक्त विवाद साम्य भएको थियो । सोहीको गीतको नयां संस्करण गायक एकदेव लिम्बुको स्वरमा रेकर्ड भएको छ । नयां संस्करणको उक्त गीतको मर्मस्पर्शी म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ ।
एउटा डायरी उपहार दिने क्रममा भएको सानो अन्यौलले कसरी तीन जना व्यक्तिको जीवन निराशामा परिवर्तन हुन्छ भन्ने कथावस्तु चित्रण गरिएको उक्त म्युजिक भिडियोको निर्देशन अनिल के मानन्धरले गरेका हुन् । रिकेश गुरुङको संगीत संयोजनमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल सोनिया जिआर, गायक एकदेव लिम्बु तथा रुपेश राईले अभिनय गरेका छन् । सुप्रिम पराजुलीद्वारा सम्पादन गरिएको उक्त म्युजिक भिडियो निर्देशक मानन्धरले नै काठमाडौं वरपरका लोकेशनमा छायांकन गरेका हुन् ।
उक्त म्युजिक भिडियोलाई गायक लिम्बुकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यसअघि यही च्यानलबाट यही गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो । उक्त लिरिकल भिडियो करिव २० लाख पटक हेरिएको छ । लिरिकल भिडियोमा आएका प्रतिक्रियाहरुमा अधिकाशंले उक्त गीतको म्युजिक भिडियो हेर्न चाहेको उल्लेख गरेका थिए ।
करिव एक महिनाको अवधि लगाएर तयार पारिएको म्युजिक भिडियोलाई बाबा एजुकेसन कन्सल्टेन्सीको सहकार्यमा निर्माण गरिएको हो । भिडियो निर्माणमा परिवर्तन इभेन्ट हाउसको समेत सक्रियता छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...