कालिञ्चोकमा हिमपात !

दोलखा – सोमबारदेखि मौसममा बदली भएपछि मध्य चैत्रमा कालिञ्चोकमा हिमपात भएको छ । हिमपात र असिनाको कारण चिसो पढेकोले जननिजवन प्रभावित भएको स्थानिय बताउछन् ।
कालिञ्चोक आसपास सोमवार साँझ देखिनै हिमपात भएको स्थानिय होटल व्यवसायी सोनाम शेर्पाले बताए । मंगलवार दिउँसोसम्म पनि हिमपात जारी रहेको शेर्पाले बताए । हिमपातसंगै असिना र हावाहुरी समेत चलेकोले अत्यधिक जाडो भै जनजिवन प्रभावित भएको शेर्पाको भनाई छ ।
चैत्रको गुराँस फुल्ने मौसममा हिमपात समेत भएपछि अहिले कालिञ्चोक निक्कै मनमोहक देखिएको स्थानिय सुनपाती होटलका सञ्चालक हरि ओली बताउछन् । हिमपात र असिनाले चिसो बढेको भएपनि गुराँसमा हिउँले छोपिदा देखिने दृश्यले कालिञ्चोक पुगेका पर्यटकहरु निक्कै रमाएको आली बताउछन् ।
अत्यधिक चिसो र हिमपातले यातायात सहज ढङ्गले सञ्चालन हुन नसकेपछि थोरै पर्यटकमात्र कालिञ्चोक पुगेको तर उनीहरु हिउँमा खेलेर रमाईलो गरिरहेको स्थानिय होटल व्यवसायी सोनाम शेर्पा बताउछन् । कालिञ्चोकमा यो बर्ष १० पटक भन्दा बढी हिमपात भएको र पर्यटक समेत अत्यधिकमात्रामा पुगेको स्थानियको भनाई छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...