दुताबासमा विध्यार्थी समस्याका बारे छलफल सम्पन्न

(दुताबासको बिज्ञप्ति सहित )
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियाका लागि नेपाली दुताबासले यहाँ अध्यानरत विध्यार्थीहरु का बिबिध समस्याका बिषयमा सम्बन्धित भिन्न पक्षहरु संग एक दिने छलफल कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए अष्ट्रेलियाको सहकार्यमा सम्पन्न उक्त छलफल कार्यक्रममा विध्यार्थीहरु संग नजिक रहेका सम्बद्द ४० व्यक्तिहरु सहभागी रहेको दुताबासले जारि गरेको प्रेस बिज्ञप्तिमा जनाईएको छ । बिज्ञप्तिका अनुसार गत् २४ मार्चमा दुताबासमा सम्पन्न उक्त छलफल कार्यक्रममा भिन्न राज्यका बाणिज्य एबं महाबाणिज्यदुतहरु, एनआरएनए अष्ट्रेलियाका पदाधिकारीहरु, काउन्सिल अफ इन्टरनेसनल स्टुडेण्टस अष्ट्रेलिया (सिसा)का अध्यक्ष, नेपाली समुदायका प्रतिनिधिहरु, डाक्टर, युवा, विध्यार्थीहरु र पत्रकार सहितको सहभागिता रहेको जनाईएको छ।
कार्यक्रममा दुताबासको तर्फबाट चार्ज द  एफेईरेस ए आइ (Chargé d’Affaires a.i.) एबं कार्यबाहक राजदुत द्रौपदा सापकोटाले सबैलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य सहित अष्ट्रेलियामा नेपाली विध्यार्थीहरु ले भोग्नु परेका बिबिध समस्याहरु को बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन । साथै सहभागी सबैलाई तथ्यपरक सल्लाहा र सुझाबको लागि अनुरोध गरेकी थिइन्।
बाणिज्यदुत र महाबाणिज्यदुतहरु ले आ-आफ्नो अनुभबका आधारमा बिधार्थीका समस्या र संभावित समाधानका उपाएहरु छलफलमा राखेका थिए ।  यसै गरि एनआरएनएनएका प्रतिनिधिहरु, नेपाली चिकित्सकहरुको संगठन -एनएमडीएका अध्यक्ष, शैक्षिक परामर्शदाताहरु को संस्था एक्काका अध्यक्ष, सिसाका अध्यक्ष लगाएत सबै सहभागीहरुले हाल उब्जिएका विध्यार्थीको समस्या जस्तै बिधार्थीका कलेज, कोर्ष, भिजा, पारिबारिक र कानुनी, कामको अधिकार, स्वस्थ एबं  बिमा, बिबिध दुर्घटनाहरु र आत्महत्या जस्ता बिषयमा आ-आफ्नो सुझाब दिएका थिए ।
यिनै समस्याहरु का बिषयमा सहभागीहरु बाट प्राप्त सुझाव दूतावासमार्फत नेपाल सरकार र सबै सरोकारवालाहरु लाई पठाइने पनि बिज्ञप्तिमा जनाईएको छ ।  यस्ता सुझाबहरुमा प्रि-डिपाचरका बेला जानकारीमुलक कार्यक्रमहरु, एनआरएनए अष्ट्रेलिया तयार पारेको विध्यार्थी सुझाब पुस्तिकाको अन्तिम रुप, बिमा कम्पनिहरु लाई भोलि दुखद घटना घटेमा मृत शरीर नेपाल लाने या काज क्रियाको खर्च बेहोर्नका लागि अनुरोध गर्ने, काठमाण्डौ स्थित अष्ट्रेलियन दुताबास र क्यानबेरा स्थित नेपाली दुताबासबाट स्थाई रुपमा नै जानकारीहरु आदन प्रदानका लागि व्यवस्था गर्ने , एनआरएनए र अन्य नेपाली संघ संस्थाहरु लाई विध्यार्थीका समस्याहरुमा सहि सल्लाह सुझाब र सहयोग गर्दै पिडित बिधार्थीहरु लाई आफ्नो शहरका बाणिज्यदुतका कार्यालय वा दुताबासमा सम्पर्क गर्न सल्लाहा दिने लगाएत थिए। नेपाली विध्यार्थीहरुका लागि एकदमै आकर्षण गन्तब्य बनेको अष्ट्रेलियामा हाल ३९ हजार ४ सय ५४ विध्यार्थी अध्यानरत रहेको जनाइएको छ।
(Photo-Embassy Facebook page)