लोकप्रिय हुंदैछ एकदेव र सोनियाको ‘सिउँदो…’ (भिडियो)
भिडियो सार्वजनिक भएपछि अभिनेत्रीको फेसबुक ह्याक

काठमाडौं– गायक एकदेव लिम्बुको स्वरको नयां गीत ‘सिउँदो…’ को म्युजिक भिडियोलाई दर्शकले मन पराएका छन् । यूट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडयोले सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ ।
गायक एकदेव लिम्बुकै यूट्युब च्यानलबाट सार्वजनिक उक्त गीतले हालसम्म ८४ हजार भ्युज पाए पनि प्रतिक्रिया जनाउनेहरुको संख्या दिनप्रति दिन बढिरहेको छ । चार हजारभन्दा बढिले लाइक गरेको उक्त भिडियोमा आएका साढे दुई सय भन्दा बढि प्रतिक्रियामा भिडियोका साथै गीतको समेत प्रसंसा गरिएको छ । भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् भने अभिनेत्री सोनिया जिआर तथा गायक एकदेव लिम्बुले भिडियोमा अभिनय गरेका छन् ।
भिडियो सार्वज्निक भएपछि अभिनेत्रीको फेसबुक ह्याक
यसैबीच भिडियोकी मोडल तथा अभिनेत्री सोनिया जिआरको जीवनमा नसोचेको घटना घटेको छ । महिनौंको मेहनतपछि तयार भएको आफैंले अभिनय गरेको ‘सिउँदो…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै उनका सामाजिक सञ्जालका एकाउन्टहरु अप्रत्यासित ढंगले ह्याक भएका छन् । उक्त गीतको म्युजिक भिडियो यूट्युबमा अपलोड भएको केही घण्टापछि नै मेरो फेसबुक आईटी, मेरो आफ्नो संस्थाको फेसबुक पेज तथा याहूको इमेल आइडी समेत ह्याक भएको छ, सोनियाले एउटा प्रेस रिलिज जारी गर्दै आफूले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएकै दिन आफ्नो सामाजिक सञ्जालको एकाउन्ट ह्याक हुनु संयोगमात्र नभएको बताएकी छिन् ।’ यश कुमारद्वारा संगीतबद्ध उक्त गीत एक दशकअघि बाबु बोगटीको स्वरमा रेकर्ड भएको थियो भने केही महिनाअघि यश कुमार र बाबु बोगटीको सहमतिमै उक्त गीत एकदेव लिम्बुले रि–रेकर्ड गरेका थिए । यसैबीच मोडल तथा अभिनेत्री सोनियाले केन्द्रिय अपराध अनुसन्धान ब्यूरो, महाराजगञ्जमा ‘आवश्यक अनुसन्धान गरी पाउ’ भन्ने व्यहोरोको आवेदन दिइसकेकी छिन् । सोनियाका अनुसार प्रहरीले उनलाई करिव दुई साताको अवधिमा ह्याक भएको फेसबुक आइडी पूर्ववत् अवस्थामा आउने आश्वासन दिएको छ ।
यस्तो छ भिडियो

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...