एनआरएनए ओसेनियाको क्षेत्रिय सम्मेलन सिड्नीमा हुँदै
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
एनआरएनए ओसेनियाको क्षेत्रिय सम्मेलन आउँदो मे महिनाको ११ र १२ तारिख सिडनीमा हुने तय भएको छ । ओसेनियाको क्षेत्रिय सम्मेलनको तयारी बारे जानकारी दिने उदेश्यले हालै आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा सम्मेलन सिड्नीको हायात रिजेन्सी होटलमा हुन लागेको जानकारी दिईएको थियो । ओसेनिया क्षेत्रबाट एनआरएनए ओसेनिया एबम आइसीसीमा प्रतिनिधित्व गर्ने क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएनकी संरक्षक इन्द्रा वन, आइसीसी सदस्यहरु दीपक भट्टराई, उषा बारिया पोखरेल, बबिता श्रेष्ठ, दिनेश जोशी, होम पाण्डे लागएतका पदाधिकारीको उपस्थितिमा सम्पन्न उक्त पत्रकार भेटघाटमा एनआरएनए अष्ट्रेलियाको बिभिन्न जिम्मेवारीमा रहेका बर्तमान एबं पुर्ब पदाधिकारीहरु र अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्षेत्रीय सम्मेलनमा एनआरएनए केन्द्रिय अध्यक्ष भवन भट्ट सहित अन्य केन्द्रिय प्रतिनिधिका साथमा करिब २० राष्ट्रबाट तीन सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता हुने अपेक्षा गरिएको छ। यसका साथै सम्मेलनमा नेपाल सरकार र अष्ट्रेलियन सरकार एब अष्ट्रेलियन राजनीतिक दलका प्रतिनिधिहरु को समेत सहभागती रहेनछ। ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मुल मन्त्र अनि ‘समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ भन्ने संदेश सहित सम्पन्न हुने यस क्षेत्रिय सम्मेलनले पर्यटन प्रर्वधन, प्रबासमा सिकेको ज्ञान सिप र अर्थलाई मुलुक सम्म पुर्याउन प्रभाबकारी भूमिका खेल्ने संयोजक अधिकारीले बताए । नेपाल भ्रमण वर्ष २०२० को पुर्बसन्ध्यामा हुदै गरेको यो सम्मेलन नेपालको भ्रमण बर्षको प्रचार प्रसारमा समेत सहयागी हुने जनाइएको थियो।
दुइ दिन सम्म चल्ने यस सम्मेलनमा बिभिन्न देशमा रहेर बिभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तित्वहरु बाट बिभिन्न क्षेत्र र बिषयमा कार्यपत्र प्रस्तुत गर्नेछन । जस मध्ये सम्मेलनको पहिलो दिन पर्यटन प्रर्वधन, प्रबासमा सिकेको ज्ञान सिप र अर्थलाई मुलुक सम्म पुर्याउन कस्ता कार्यक्रमहरु गर्न सकिन्छ, नेपाल सरकार संग कसरि मिलेर काम गर्न सकिन्छ जस्ता बिषयमा छलफल र अन्तरक्रिया हुनेछ । सम्मेलनको दोस्रो दिन कार्यक्रमको समापन गर्दै सीड्नी घोषणापत्र जारि गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।