अविभाबकहरुको वनभोज कार्यक्रम अभूतपुर्ब रुपमा सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपाल कै कुनै मेला वा चाड पर्ब कै झल्को दिने गरि सिड्नीमा यस पटक पनि अविभाबकहरुको वनभोज कार्यक्रम ३० मार्चका दिन सम्पन्न भएको छ । आफ्ना सन्तानहरु भेट्न र सन्तानको कर्मभूमि घुमघाम गर्न नेपाल देखि अस्ट्रेलिया आएका करिब  ७०० सय भन्दा बढी अविभाबकहरु र २०० को संख्यामा समुदायका प्रतिनिधिहरु सामुहिक रुपमा वनभोज तथा घुमघाम कार्यक्रम मनाएका छन् । एनआरएनए अस्ट्रेलिया, न्यू साउथ वेल्स राज्य समितीको आयोजनामा गत सालहरुका कार्यक्रमलाई निरन्तरता दिदै आयोजित अविभाबकहरुको वनभोज तथा भेटघाट कार्यक्रम यो पटक झन् ऐतिहिसिक रुपमा सम्पन्न भयो । सिड्नी देखि करिब साढे ३ घण्टा पर रहेको फिट्जोरी फल्स सम्मको यात्रा, उक्त ठाउँको अबलोकन र आयोजित बिबिध कार्यक्रममा अभिभाबकहरुले नाच गान गर्दै कार्यक्रममा सरिक भए ।
यस पटक लगभग सिड्नी र क्यानबेराको बिच तिर पर्ने उक्त स्थानमा क्यानबेरामा रहेका अभिभाबकहरु समेत एनआरएनए अस्ट्रेलिया, एसीटी राज्य समितीको संयोजनमा उक्त ठाउँमा भेला भएका थिए । जसले कार्यक्रम झन् रोमान्चक बनेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबम एनएसडब्लुका संयोजक नन्द गुरुङले बताए । सिड्नीका बिभिन्न ११/१२ ठाउँबाट अभिभाबकहरु लाई पिक अप गर्ने र साँझ सोहि ठाउँमा ड्रप गर्ने व्यवस्था दिन भरि बिबिध खानपिन सहितको कार्यक्रमका लागि प्रत्येक क्षेत्रमा संयोजकहरु तोकिएका थिए । कार्यक्रम समापन संगै एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबम एनएसडब्लुका संयोजक नन्द गुरुङले सबै स्वयमसेवकहरु, कार्यक्रमका प्रायोजक एबम कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरेका छन् । एनआरएनए अस्ट्रेलिया, न्यू साउथ वेल्स राज्य समिती सदस्य दिल तामांगको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न गर्न एनआरएनए अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य समितीका सद्स्य र पदाधिकारीहरु निक्कै मिहेनत साथ लागेका थिए।