लगानी सम्मेलन सम्पन्न, ७७ आयोजना ‘शो–केस’ मा १५ वटासँग सम्झौता

काठमाडौं- विभिन्न १५ वटा आयोजनामा सम्झौता गर्दै नेपाल लगानी सम्मेलन– २०७५ मा सम्पन्न भएको छ । सरकारले सम्मेलनका क्रममा विभिन्न ७७ वटा आयोजनालाई ‘शो–केस’ मा राखेको भए पनि १५ वटा आयोजनाको सम्झौता भएको हो ।
‘शो–केस’ मा राखिएका आयोजनामध्ये १७ वटा आयोजनामा वैदेशिक लगानीकर्ताले चासो देखाएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार विभिन्न १७ वटा आयोजनामा शुल्क तिरेर लगानी गर्ने चासो राख्दै प्रस्ताव आएको छ । यद्यपि, अप्रिल २० तारिखसम्म ‘शो–केस’ मा राखिएका आयोजनामा आवेदन दिन सकिनेछ ।
सम्झौता भएका आयोजनामा पूर्वाधार तथा यातायात क्षेत्रका ७ वटा, ऊर्जामा ४, कृषिमा ३, शिक्षा तथा स्वास्थ्यका २ र एक लजिस्टिक पार्कमा वैदेशिक लगानी आउने भएका छन् । सम्मेलनका क्रममा नेपालले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्र र सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरेको थियो ।
सम्मेलनमा नेपालको चौधरी ग्रुप र भारतको सर्राफ ग्रुपबीच लजिस्टिक पार्क बनाउन सम्झौता भएको छ भने ६ सय मेगावाट सोलार प्लान्ट स्थापन गर्न चौधरी ग्रुप र क्यानडाको स्काई पावरबीच समझदारी भएको छ । सौर्य ऊर्जाको प्लान्ट राख्नका निम्ति चौधरी इन्फ्रास्टक्चर कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरी र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबीच शनिबार नै सम्झौता भएको छ ।
त्यस्तै ५ जी नेटवर्क विस्तारको लागि सिजी ग्रुप र टर्कीको लाइफ सेलबीच सम्झौता भएको छ । २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका निर्माणका लागि कोरियाली कम्पनी कोसेव पावर कम्पनी र विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त कोष (आईएफसी) ले ६५० मिलियन डलर लगानी सहमति गरेका छन् ।
९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्टेट बैंक अफ इण्डियाले ६ हजार ५६० करोड, एभरेष्ट बैंकले ८१२ दशमलव ६१ करोड र नबिल बैंकले ४८७ दशमलव ५८ करोड रुपिया“ ऋण लगानी गर्ने भएका छन् । यसस“गै भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका निम्ति वित्तीय स्रोत जुटेको छ ।
यसै गरी १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि नेपालको हाइड्रो सोलुसन र चाइना न्युकिलियर पावर कम्पनीबीच समझदारी भएको छ । यस आयोजनामा करिब ४० अर्ब रुपिया“ वैदेशिक लगानी हुनेछ । बाराको सिमरा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणका निम्ति सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ ।
बनेपामा बुटिक होटल निर्माण गर्नका निम्ति सिन्सियर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी भएको छ । यसमा चीन र ताइवानबाट ६ अर्ब रुपिया“ लगानी हुने बताइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा पूर्वाधार विकासमा लगानी गर्न १० अर्ब रुपिया लगानी गर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यस्तै नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी पनि सम्झदारी भएको छ ।
भारतको मुतुथ फाइनान्सले नेपालको युनाइटेड फाइनान्स ३९ दशमलव ९० करोड रुपिया“ लगानी गर्नेेछ । अपी पावर कम्पनी र कडेल ग्रुप अफ कम्पनीबीच सोलार (१८ मेगावाट), जलविद्युत् (९८ मेगावाट) र वायु ऊर्जा (१० मेगावाट) उत्पादन गर्नका निम्ति सम्झौता भएको छ ।
नेपालको लगानी बोर्ड र दक्षिण अफ्रिकाको लगानी बोर्डबीच आयोजनाहरुको अध्ययन र लगानी साझेदारीका लागि सम्झौता भएको छ भने वायर हाउस निर्माणका लागि जोईन्ट भेन्चरमा ग्रीन हाउस फेम्ली र निम्बस गुपको सम्झौता भएको छ।
म्यानमार लाइसेन्स कन्टयाक्ट एसोसियसन र नेपाल निर्माण व्यवसायी महासंघ बीच नेपालको भौतिक संरचना निर्माणका लागिसम्झौता भएको छ।
यसै गरी सम्मेलनकै क्रममा विश्व बैकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । आईएफसीका उपाध्यक्ष पिटर लेन्क्स्ले आगामी चार वर्षमा उक्त रकम नेपालमा लगानी गर्ने घोषणा गरेका हुन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...