नेपालमा लोकप्रिय भैरहेको छ रिचार्जर एप

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– दैनिक जीवनमा आवश्यक कुराहरुलाई सजिलो माध्यमबाट सेवा र सुविधा दिने योजनाका लागि तयार पारिएको Reecharger App ले छोटो समयमै उपभोक्ताको मन जितेको छ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट Reecharger app डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले १०० रुपैयां क्यास ब्याक पाउने व्यवस्था मिलाइएको छ । त्यसपछि जतिको मोबाइल रिचार्ज गरिन्छ, त्यत्ति नै क्यासव्याक पाउन सकिन्छ ।

‘यो एक मात्र नेपाली हो यस् बाट online payment र online shopping सजीलै गर्न सकिन्छ, एपका सञ्चालक अलाइभ ग्लाइडरको भनाइ छ ।

‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा अथवा अनलाइनबाट सपिङ गर्दा चलनचल्तीको सबै बैंकको इ–बैकिङ तथा ई-सेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट मास्टर कार्ड यु एन पे एस सि टी बाट सिधै पैसा तिर्न सकिन्छ ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ यो सेवा सुरु गरेको सञ्चालक ग्लाइडरको भनाइ छ । सपिङका लागि नेपालमा उत्पादन र बिदेश बाट भित्रिएका चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य लिएका छौं । यो एपबाट होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्न सकिन्छ ।’

सञ्चालक ग्लाइडरको भनाइ छ- ‘देश-विदेशमा रहनु भएका मेरा सम्पुर्ण सम्माननिय दाजुभाई, दिदी बहिनी शभेच्छुकहरुप्रति हार्दिक अनुरोध गर्दछु Reecharger App प्रयोग गरी यसमा भएका कमि-कमजोरी र थप सुविधाको लागि राय सल्लाह सुझाबको लागी हार्दिक अनुरोध गर्दछु । साथै रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत सगै देशको अर्थ तन्त्र लाई मजबु्ट बनाउने हाम्रो अभियान नेपाली एप हामी नेपालीहरुकै लागि
भन्ने नाराका साथ यो एप बनाएका छौ । जसबाट उत्कृष्ट सेवा र सुविधा लिन सक्नु हुनेछ भन्ने विश्वास लिएको छौं ।’