दुर्घटनामा पूर्व सांसदको निधन

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका १ मा जीप दुर्घटना हुँदा पूर्वसांसद रूद्रमणी शर्मा भण्डारीसहित तीन जनाको निधन भएको छ। मालिका गाँउपालिका २ का २६ बर्षिया कौशिला थापाको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको हो ।
पूर्वसांसद सहित दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । मालिका गाँउपालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप बिहान ९ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि पूर्व सासंद समेत रहेका धुर्कोट गाँउपालिका ५ वस्तु निवासी रूद्रमणी शर्मा भण्डारी र मालिका गाँउपालिका १ का ओसर विकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए । जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । जीपमा कुल १० जना सवार रहेको र अन्य सबै घाइते भएको खड्काले जानकारी दिए । घाइतेलाई उद्दार गरि अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...