दुर्घटनामा पूर्व सांसदको निधन

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका १ मा जीप दुर्घटना हुँदा पूर्वसांसद रूद्रमणी शर्मा भण्डारीसहित तीन जनाको निधन भएको छ। मालिका गाँउपालिका २ का २६ बर्षिया कौशिला थापाको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको हो ।
पूर्वसांसद सहित दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । मालिका गाँउपालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप बिहान ९ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि पूर्व सासंद समेत रहेका धुर्कोट गाँउपालिका ५ वस्तु निवासी रूद्रमणी शर्मा भण्डारी र मालिका गाँउपालिका १ का ओसर विकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए । जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । जीपमा कुल १० जना सवार रहेको र अन्य सबै घाइते भएको खड्काले जानकारी दिए । घाइतेलाई उद्दार गरि अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...