नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

काठमाडौँ- सरकारले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको छ । इन्टरनेटको प्रयोग गरी खेलिने श्रव्यदृष्य खेल (भिडियो गेम)ले समाजमा नकारात्मक असर पारेको भन्दै उक्त खेलमा प्रतिबन्ध लगाइएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकृत सन्दीप अधिकारीले खेल प्रतिबन्धका लागि सबै इन्टरनेटप्रदायक कम्पनीलाई आजै परिपत्र गरिसकेको जानकारी दिनुभयो । उक्त खेलमाथि विभिन्न क्षेत्रबाट प्रतिबन्धका लागि प्रहरीको महानगरीय अपराध महाशाखामा गुनासो आएपछि काठमाडौँ जिल्ला अदालतलाई अनुरोध गरिएकामा अदालतको अनुमतिअनुसार प्रतिबन्ध गरिएको महाशाखाले जनाएको छ ।
अदालतको आदेशानुसार महाशाखाबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको र प्राधिकरणले आजै इन्टरनेट सेवाप्रदायक कम्पनीलाई पत्राचार गरी उक्त अनलाइन खेल प्रतिबन्ध लगाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । प्रतिबन्धित खेल नखेल्न अनुरोध गर्दै महाशाखाले कुनै पनि इन्टरनेट सेवाप्रदायक कम्पनीले खेललाई सहयोग गरेको पाइएमा दूरसञ्चार ऐनबमोजिम कारवाही गर्ने जनाएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...