नव वर्ष २०७६ सालको शुभकामना

काठमाडौँ- सभामुख कृष्णबहादुर महराले नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै विकासको मार्गमा लम्किन २०७६ साल सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नव वर्ष २०७६ साल शुभारम्भको पावन अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले नयाँ वर्षमा मुलुकको सामाजिक रुपान्तरण, विकास र समृद्धिका यात्रामा द्रुत गति पैदा हुने र सरकारले लिएको ‘समृद्ध नेपाल–सुखी नेपाली’को नारालाई सार्थक बनाउने उल्लेख गर्नुभएको छ ।
सभामुख महराले सन्देशमा भन्नुभएको छ-‘हामीले २०७५ साललाई बिदा गरेका छौँ । सङ्घीय संसद्ले २०७५ सालमा मौलिक हकसम्बन्धी ऐन निर्माण गर्नुका साथै संविधानसँग बाझिएका थुप्रै ऐन, कानून संशोधन गरी संविधानलाई पूर्णता दिने वर्षका रुपमा बिताएको छ । राष्ट्रले यो वर्ष स्थायी शान्ति, दिगो विकास र समृद्धिको यात्रामा अघि बढ्ने आधार तयार गरेको छ ।’
उहाँले नयाँ वर्षसँगै हामी सबैमा सकारात्मक सोच, चिन्तन र विचारको विजारोपण गरी प्रगतिपथमा लम्किन सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । सभामुख महराले नयाँ वर्ष २०७६ सालले नेपाली–नेपालीबीच आपसी सद्भाव, समझदारी र सहयोगी भावनाको विकास हुनुका साथै लोकतन्त्र, राष्ट्रियता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै देश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...