अब विकास र समृद्धिको यात्रा तीव्र गतिमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको यात्रा तीव्र गतिसाथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले गत वर्षले आत्मविश्वास सुदृढ बनाएको भन्दै साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचिसहित नयाँ वर्ष २०७६ ले स्वागत गरिरहेको समेत जनाएका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा आइतबार देशवासीका नाममा सम्बोधन गर्दै गत निर्वाचनमा नेपाली जनताले स्थायित्व, शान्ति र विकासको पक्षमा मतदान गरेको चर्चा गरे ।
‘हामीले गएको एक वर्ष शान्ति, विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्चियौं । अब, त्यही जगमा उभिएर विकास र समृद्धिको यात्रा तीव्र गतिसाथ अघि बढाउँछौं । हामीले हाम्रा सम्पूर्ण स्रोत, साधन र प्रयास यसैमा खर्चेका छौं,’ उनले भने ।
प्रधानमन्त्रीले आफ्नो मात्रै स्रोतसाधनबाट आकांक्षा पूरा गर्न सम्भव नहुने भएकाले लगानी सम्मेलन गरेको र त्यसले बाह्य पुँजी र प्रविधि आमन्त्रण गर्न मद्दत पुर्याएको बताए ।
प्रधानमन्त्रीले मुलुकलाई ‘अतिकम विकसित मुलुक’ को टीठलाग्दो हैसियतबाट उकास्ने बताउँदै सन् २०३० मा तोकिएको दिगो विकास लक्ष्य भेट्ट्याउनैपर्ने बताए । ‘जे गर्नु छ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नुपर्छ । आउँदो १०/११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसांख्यिकी लाभ सकिनेछ । हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असीमित छन्,’ उनले भने ।
प्रधानमन्त्री ओलीले अबको नेपाली समाजको मूल प्रवृत्ति शान्ति, एकता र विकास भएको दाबीसमेत गरेका छन् । उनले समृद्धि, सुखको आधार भएको समेत बताए । ‘सुख भनेको न्यायोचित जैविक र मानवीय आवश्यकताहरूको सहज उपलब्धता हो,’ उनले भने, ‘उच्च र दिगो उत्पादन÷उत्पादकत्व, आधुनिक पूर्वाधार र सघन अन्तरआबद्धता, मानवीय पुँजी निर्माण तथा त्यसको पूर्ण उपयोग, उच्च र समतामूलक राष्ट्रिय आय समृद्धिको सूचक हो ।’
उनले आफूले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रम समृद्धिका हिस्सा रहेको र सुशासन समृद्धिका लागि पूर्वसर्त भएको उल्लेख गरे । उनले जनताको जीवनलाई सहज र सुखी बनाउन तथा धर्तीलाई सुरक्षित राख्ने आकांक्षा रहेको समेत बताए । ‘हाम्रो राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को केन्द्रबिन्दु जनता र धर्ती (पिपुल र प्लानेट) हुन्’ उनले भने ।प्रधानमन्त्री ओलीले गत साल बेथिति र भ्रष्टाचारविरुद्धको अभियानको वर्ष रहेको समेत बताए । सुशासनको शत्रु भ्रष्टाचार रहेको र भ्रष्टचारीको मुख नहेर्ने घोषणा गरेको बताउँदै भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली हुनै नसक्ने बताए ।
‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्ने– भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो । भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार होइन । परम्परा होइन । हामी नेपाली मिहिनेत र पसिनाको कमाइमा विश्वास गर्छौं,’ उनले भने ।प्रधानमन्त्रीले राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट नदिने बताउँदै भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने प्रतिबद्धता दोहो¥याए । उनले भने, ‘हामीलाई थाहा छ, भ्रष्टाचारविरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर, जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिबद्ध छु ।’
बितेको वर्षमा मुलुकले राजनीतिक रूपमा महŒवपूर्ण उपलब्धि हासिल गरेको चर्चा गर्दै उनले अलग देश, अलग राष्ट्रिय झन्डा, अलग राष्ट्रियगान र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधानअनुरूप राजनीतिक क्रियाकलापमा सहभागी हुने घोषणा गर्नु सामान्य विषय नभएकोसमेत जनाए ।
सबैखाले अतिवाद, अशान्ति, आतंक र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइने उनले घोषणासमेत गरेका छन् । ‘अहिले, विभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा र अतिवाद तथा त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान सुरु भएको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले लामो द्वन्द्व र संक्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसा स्वीकार्य नहुने समेत बताए ।
‘शान्तिपूर्ण रूपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभूत गरेको छ । तर, अवाञ्छित प्रतिगामी प्रयास र संविधानविरोधी गतिविधिहरू कडाइसाथ नियन्त्रण गरिनेछ,’ प्रधानमन्त्रीले भने, ‘यसलाई बुझेर पनि बुझ पचाउने काम नगर्न, राजनीतिक रंग दिएर हिंसालाई उचित नठह-याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकमतको बाटो नअपनाउन म सबैलाई हार्दिक आग्रह गर्दछु ।’
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



