कांग्रेसको एकमहिने जागरण अभियान

काठमाडौं- पार्टीको संगठन सुधार्न तथा सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्ने भएको छ । अभियानमा महासमिति बैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम, संशोधित विधानबारे मात्र नभई कांग्रेसको नीति रणनीतिबारे पनि स्थानीय तहसम्म सुसूचित गरिनेछ ।
तीन चरणमा गर्न लागिएको जागरण अभियानलाई जिल्ला, निर्वाचन क्षेत्र हुदै स्थानीय तहसम्म पु¥याउने तयारी भइरहेको छ । पहिलो चरणअन्तर्गत एकमहिने जागरण अभियान वैशाख ११ बाट जेठ ११ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो चरणको अभियान भदौ २४ बाट असोज ७ गतेसम्म १५ दिन चल्नेछ । तेस्रो चरणको अभियान भने पुस ७ बाट पुस १६ सम्म १० दिन सञ्चालन हुनेछ ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएअनुसार पहिलो चरणमा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनेछन् भने दोस्रो चरणमा प्रदेशको ३ सय ३० निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि जानेछन् । तेस्रो चरणमा ७ सय ५३ गाउँ नगरमा केन्द्रीय प्रतिनिधि खटिएर जागरण अभियान सञ्चालन गरिनेछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...