कमल थापाले यसरी जलाए धर्म निरपेक्षताको पर्चा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार देशभर धर्मनिरपक्षता खरेजको माग गर्दै प्रदर्शन गरेको छ। सोही क्रममा रत्नपार्कमा अध्यक्ष कमल थापासहितले धर्म निरपेक्षता लेखेको पर्चा जलाए ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी दर्जन कार्यकर्ता पक्राउ परेका छन् । अध्यक्ष थापालाई भने सुरक्षागार्डले पक्राउ पर्नबाट जोगाए । प्रदर्शनमा उनीहरुले आफैले धर्म निरपेक्षता लेखिएको पर्चा ल्याएका थिए। सोही पर्चा प्रदर्शनमा जलाएका हुन् ।

बिदेशीको दबाव र प्रभावमा आएको ‘धर्मनिरपेक्षता’ खारेज गर्न दबाव सिर्जना गरौं१ भन्दै राप्रपाले प्रदर्शन गरेको हो । राप्रपाले हिन्दु राष्ट्रको पुनर्स्थापना गर्न माग गर्दै हस्ताक्षर अभियानदेखि विभिन्न दबावमूलक कार्यक्रम गर्दै आएको छ ।