नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको साधारण सभा सम्पन्न 

सुजाता बस्नेत पुन: अध्यक्ष निर्बाचित 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियामा नेपाली कला संस्कृति तथा साहित्यलाई जिबन्त राख्दै बिबिध साहित्यक र संस्कृतिक गतिबिधिमा नेपाली मनहरु लाई जोड्दै आएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको गत १२ अप्रिलमा साधारण सभा सम्पन्न भएको छ। संस्थाका स्थापनाकाल देखि सक्रिय सबै स्रष्टाहरु को बिशेष सहभागितामा सम्पन्न उक्त साधारण सभाले आगामी कार्यकालको लागि पुन: सुजाता बस्नेतलाई अध्यक्ष निर्बाचित गरेको छ। यसै गरि संस्थाका अन्य पदाधिकारीहरु मा उपाध्यक्ष साहित्य तर्फ राजेश्वर घिमिरे, उपाध्यक्ष कला तर्फ सन्जिब बस्नेत, माहसचिब सिमा रोसी, सचिबमा संगिता बस्नेत, कोषाध्यक्ष ज्वाला बिष्ट, सहकोषाध्यक्ष भुषण रोक्का निर्बाचित हुनु भएको छ।
यसै गरि संस्थाको कार्यकारी सदस्यहरुमा कुमारी गुरुङ, सपना भुषाल, सन्त शाक्य, दिलु केसी, रमण रेग्मी, बिनोद कार्की, मन्जु गुरुङ्ग, जिना केसी र दिपेश जोशी हुनुहुन्छ । यसै गरि सदस्यहरुमा जीवन श्रेष्ठ, प्रकृति भट्टराई, भीमसेन गुरुङ र मनोरमा चौधरी हुनुहुन्छ। संस्थाले प्रबक्ताको जिम्मेवारीमा रमेश बानियालाई तोकेको संस्थाकी नबनिर्बाचित अध्यक्ष सुजाता बस्नेतले जनाउनु भएको छ।