यस्तो छ सोना अमात्यको डाली चरी (भिडियो)

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्य यतिबेला आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् ।

लामो समयदेखि शास्त्रीय संगीतको प्रशिक्षण समेत लिइरहेकी गायिका अमात्यले यसपटक ‘डाली चरी भुईंमा खसेछ’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएकी हुन् ।

उक्त गीतमा गायिका अमात्यकै संगीत गुरु शशि विक्रम थापाका शब्द तथा संगीत सुन्न सकिन्छ ।

सुगम संगीतमा आधारित उक्त गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा गायिका अमात्य स्वयंले अभिनय गरेकी छिन् । अभिनयमा उनलाई अभिनेता निरज बरालले साथ दिएका छन् ।

नविन अवालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।

गायिका अमात्यले यसअघि पनि आधा दजृनभन्दा बढि गीतका म्युजिक भिडियो सार्वजनिक गरिसकेकी छिन् ।