पर्यटक प्रवद्र्धन अभियान चलाइने

सौराहा- नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ ।
विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् ।
क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष सुमन घिमिरेले विशेष समयबाहेक अन्य समयमा होटलको बुक नगन्य मात्रामा हुने गरेको बताउँदै प्याकेजका कार्यक्रम ल्याएर पर्यटक बढाउने अभियान चलाउन लागिएको जानकारी दिनुभयो । सौराहामा लामो समयदेखि होटलले एउटै खाले सेवा दिइरहेकाले सौराहामा आकर्षण बढ्न सकेको छैन ।
नयाँ वर्षको समयमा सौराहामा कोठा नपाएर आन्तरिक पर्यटक फर्किन्छन् तर अन्य समयमा सुनसानजस्तै हुन्छ । त्यसैले बाह्रैमास पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्न नयाँ प्याकेज ल्याउनेबारेमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
“सौराहामा धेरै पर्यटक राख्न सकिन्छ”, उहाँले भन्नुभयो, “नयाँ प्याकेज ल्याए मात्रै बाह्रैमास पर्यटक सौराहा भित्र्याउन सकिन्छ ।” सौराहामा पर्यटकलाई हात्ती तथा जीप सफारी, थारू संस्कृति अवलोकन र जङ्गल पदयात्रालगायतका प्याकेज मात्रै छ ।
विगत वर्षमा भारतका केही सीमावर्ती शहरमा सौराहाका बारेमा प्रचारप्रसार गरे पनि त्यसपछि खासै कार्यक्रम गरिएको छैन । पर्यटन बोर्डसँगको समन्वयमा भारतका केही शहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना व्यवसायीको छ । सौरहामा हाल साना ठूला गरी ११० होटल छन् । यहाँ वार्षिक दुई लाख पर्यटक आउने गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...