गायक बिनोद ढकालले ल्याए कान्छा र्यापरको दुःख (भिडियो)

काठमाडौं– गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षीय बालक रोजन बराइलीलाई नेपालकै कान्छा र्याप गायकको रुपमा प्रस्तुत गरेका छन् ।
बाल्यकालदेखि नै र्याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नयाँ र्यापर गीत ‘दुःख’ मार्फत सांगीतिक क्षेत्रमा ल्याएका हुन् ।
गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा कान्छा र्यापर बराइलीले र्यापर हानेका छन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
रमाइलो कुरा के छ भने उक्त गीतका रचनकार पनि ¥यापर बराइली नै हुन् । गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ ।
गायक ढकाल पछिल्लो समय आफ्नो लामो कपाल छोट्याएर चर्चामा आएका थिए । विवाह बन्धनमा बाँधिनका लागि गायक ढकालले झण्डै एक दशकअघि पालेको कपाल काटेका हुन् ।
‘दुःख’ को म्युजिक भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् ।
उक्त गीतमा ठिट्ठा साबको उपनामले चिनिने कलाकार किशोर भण्डारी, कविता आलेमगर तथा जोर्डन राजभण्डारीले अभिनय गरेका छन् ।
सञ्जित श्रेष्ठद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।
यस्तो छ भिडियो
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...