गायक बिनोद ढकालले ल्याए कान्छा र्यापरको दुःख (भिडियो)

काठमाडौं– गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षीय बालक रोजन बराइलीलाई नेपालकै कान्छा र्याप गायकको रुपमा प्रस्तुत गरेका छन् ।
बाल्यकालदेखि नै र्याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नयाँ र्यापर गीत ‘दुःख’ मार्फत सांगीतिक क्षेत्रमा ल्याएका हुन् ।
गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा कान्छा र्यापर बराइलीले र्यापर हानेका छन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
रमाइलो कुरा के छ भने उक्त गीतका रचनकार पनि ¥यापर बराइली नै हुन् । गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ ।
गायक ढकाल पछिल्लो समय आफ्नो लामो कपाल छोट्याएर चर्चामा आएका थिए । विवाह बन्धनमा बाँधिनका लागि गायक ढकालले झण्डै एक दशकअघि पालेको कपाल काटेका हुन् ।
‘दुःख’ को म्युजिक भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् ।
उक्त गीतमा ठिट्ठा साबको उपनामले चिनिने कलाकार किशोर भण्डारी, कविता आलेमगर तथा जोर्डन राजभण्डारीले अभिनय गरेका छन् ।
सञ्जित श्रेष्ठद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।
यस्तो छ भिडियो

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...