नेपालमा चक्रवात ‘फानी’को प्रभाव

काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा हावाहुरी चल्न सुरु भएको छ । बंगालको खाडीबाट सुरु भएको चक्रवात फानीको प्रभावले काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि हावाहुरी चल्न सुरु भएको हो ।
हावाहुरीका कारण काठमाडौँको सडकमा सवारीका साधनहरु पातलीएका छन् । मानिसहरुलाई घरबाहिर निस्कन समस्या भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार) पनि चक्रवातको प्रभाव रहने जनाएको छ ।
मौसमविद विभूति पोखरेलले चक्रवातको प्रभावका कारण हुरिबतास चल्ने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको बताइन् ।
उनले हिमाली भेगमा भारी हिमपात हुने बताइन् । भारी हिमपात हुने भएकोले हिमाली भेगमा गएका पर्वतारोहीलाई सुरक्षित स्थानमा रहन र दुई दिन हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन सरकारले अनुरोध गरेको छ।
यसअघि मौसम विभागले चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने जनाएको थियो ।
हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना देखिएकाले त्यहाँका बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ । चक्रवात ‘फानी’ हाल बङ्गालको खाडी तथा भारतको ओडिसा तटीय क्षेत्र नजिकै देखिएको छ ।
आजदेखि यो मौसम प्रणाली ओड़ीसाको तटीय क्षेत्रमा मध्याह्नतिर भित्रिने सम्भावना देखिएको र उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने महाशाखाले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । हिमाली भू–भागमा पनि हिमपातको सम्भावना रहेको छ । आइतबारदेखि देशभर मौसममा क्रमिकरुपमा सुधार आउने सम्भावना छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...