यस्ता छन् सरकारका नीति तथा कार्यक्रम

काठमाडौँ — सरकारले आगामी वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न आधार तय गर्ने बताएको छ । संघीय संसद्मा शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने उल्लेख गरेकी हुन् ।
यस्ता छन् नीति तथा कार्यक्रमहरु
– एक प्रदेश वा एक स्थानीय तहले विकासका असल अभ्यास अर्को प्रदेश वा स्थानीयले अवलम्बन गर्ने उत्पेरित गरिने छ ।
– आगामी आर्थिक वर्षबाट २५ वर्षे दीर्घकालीन सोच सहित पन्ध्रौं योजना लागू गर्ने घोषणा ।
-आगामी चार वर्षमै दोहोरो अंक ९१० प्रतिशत भन्दा माथि० को आर्थिक वृद्धिदर हासिल गर्ने घोषणा ।
-ठेकेदार भागेर हाल अलपत्र परेको मेलम्ची खानीपानी आयोजना आउदो वर्ष नै सम्पन्न ।
-आगामी वर्ष पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य शुरु गर्ने ।
– पाँच लाख रोजगारी सिर्जना गर्ने ।
-जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्रबाट उद्योगी व्यवसायीलाई सेवा दिने। लगानीकर्तालाई वर्षौदेखि आश्वासन बाडिएको एकल विन्दु सेवा केन्द्र ९एकद्वार निकाय० बल्ल गठन भएको छ ।
-उद्योगीलाई सबै सेवा एकै ठाउँबाट दिने गरी गत १६ गते केन्द्र गठन भएको छ ।
-आगामी वर्ष सात वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना ।
-सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रुपमा विकास गरिने ।
-त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ। हाल २१ घण्टा मात्रै सञ्चालनमा छ ।
-नदी किनारका जमिन, राजमार्गका सडक किनारा, खेतवारीका काल्लामा फलफुल खेतीलाई प्रोत्साहन गरिने। विद्यालय वा विश्वविद्यालयका जमिन पनि प्रयोग लगानइने ।
-आगामी वर्षलाई वृक्षरोपण वर्ष घोषणा गरिने ।
-सहकारीलाई उद्यमशीलता विकास र कृषिको आधुनिकीकरणमा परिचालन गरिने । सहकारीको नेतृत्वमा कृषि उत्पादन, प्रशोधन र बजारीकरणका कार्यक्रम ल्याइने ।
-सडक सुरक्षा, पर्खाल सहितको सडक बनाइने । सकरारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने ।
-मौजुदा तथा निर्माणधीन सडकमा सुरुङमार्ग बनाइ लागत घटाइने ।
-हुम्ला र डोल्पा जिल्लासम्म सडक पुर्याउने घोषणा ।
-सम्पुर्ण स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने ।
-काठमाडौंलाई चीन र भारतसँग जोड्ने रेलमार्गको निर्माण कार्य दुई वर्ष भित्र सुरु गर्ने ।
-३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने। आगामी वर्ष मात्रै एक हजार विद्युत उत्पादन गर्ने घोषणा ।
-आगामी आर्थिक वर्षबाट योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा ल्याउने ।
-सामाजिक सुरक्षा रकम वृद्धि गर्ने घोषणा। नीति तथा कार्यक्रमबाट वृद्ध भत्ता रकम घोषणा यो पहिलोपटक भएको हो ।
-आगामी ४ वर्षभित्रै बायोमेट्रिक सूचना प्रणालीको राष्ट्रिय परिचयपत्र वितरण गरिने। सबै विवरण यसमा समावेश गर्ने ।
-सबै आर्थिक कारोवार बैंकिङ प्रणालीबाट मात्रै गर्ने व्यवस्था गर्ने। हाल १० लाख रुपैयाँ भन्दा बढीको कारोबारलाई बैंकिङ प्रणाली अनिवार्य गरिएको छ ।
-सार्वजनिक सवारीसाधनमा यात्राकार्ड लागु गर्ने। ठूला सवारीसाधन सञ्चालनमा प्रोत्साहित गर्ने। हाल ४० सिट भन्दा बढी क्षमताका सवारीसाधन आयातमा भन्सार छुटको व्यवस्था छ ।
-विद्युतीय सवारीसाधन प्रयोगलाई देशव्यापी बनाउन पर्याप्त चार्जिङ स्टेशन बनाइने ।
-आगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपालको घोषणा ।
-आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने ।
-आगामी वर्षभित्र भत्तपुरको दुवाकोटमा वीर अस्पतालको भवन निर्माण सुरु गरिने ।
-विकास सहायतालाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने। रेमिट्यान्सलाई औपचारिक प्रणालीबाट मात्रै भित्र्याउने घोषणा ।
-सबै प्रकारका आर्थिक प्रणालीको मौद्रिककीकरण गरिने ।
-परराष्ट्र नीतिलाई सुदृढ बनाउन बौद्धिक क्षेत्रमा सगरमाथा संवाद कार्यक्रम सुरु गरिने ।
-स्थानीय कच्चापदार्थमा आधारित लघु घरेलु उद्योगलाई प्रोत्साहन गरिने ।
-चोभारको अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहा तीन वर्षभित्र सञ्चालनमा ल्याइने ।
-पेट्रोलियम पाइपलाइनबाट आगामी वर्ष पेट्रोलियम पदार्थ आयात गरिने।
-कृषकहरुलाई समयमै उन्नत मल बीउ उपलब्ध गराउने प्रतिवद्धता ।
-विषादीजन्द पदार्थको नियमन र अनुगमनका लागि विशेष व्यवस्था गरिने ।
-युवाहरुलाई कृषिमा आकषिर्त गर्ने कार्यक्रम ल्याइने। कृषिलाई उद्योगको रुपमा विकास गर्ने ।
-अतिक्रमित जग्गा आगामी वर्ष सरकारीकरण गरिसक्ने। सार्वजनिक जग्गामा अतिक्रमण हटाइने। अतिक्रमण गर्नेमाथी छानविन र कारवाहीको घोषणा।
-रामायण सर्किट अन्तर्गतको सडक निर्माणलाई प्राथमिकता दिइने ।
-गुणस्तरीय पर्यटक भित्र्याउन सेवाको गुणस्तर वृद्धि गर्ने। पर्यटक भित्र्याउन विन्नि देशसँग हवाई सेवा सम्झौता गर्ने। नयाँ हवाई रुटका लागि छिमेकी राष्ट्रसँग सम्झौता गरिने ।
-सार्वजनिक सहरमा सवारी साधन व्यवस्थित गर्न प्रमुख सहरमा बहुतले पार्किंङ भवन बनाइने। सर्वाजनिक सवारीले जाँच गराउन फिटनेश सेन्टर बनाइने। त्यस्तो सेन्टरमा सार्वजनिक सवारीसाधनले अनिवार्य परीक्षण गराउनुपर्ने ।
-जोखिमयुक्त वस्तीमा रहेका सर्वसाधारणलाई सुरक्षियत स्थानमा आवासको व्यवस्था गरिने ।
-काठमाडौ उपत्यकामा ३ हजार अट्ने क्षमताको सम्मेलन केन्द्र निर्माण गरिने । तीन वर्षभित्र ५ हजार अट्ने सम्मेलन केन्द्र निर्माण। सबै प्रदेशमा सम्मेलन केन्द्र निर्माणको प्रारम्भिक काम गर्ने ।
-सिनेमा पर्यटन प्रवर्द्धन गर्ने। छायांकन गर्न नेपाल आउने विदेशीहरुका लागि एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराइने ।
-आगामी दुई वर्षभित्र पुनिनिर्माण कार्य सक्ने घोषणा ।
-आगामी दुई वर्षभित्रमा प्राविधिक विद्यालय सञ्चालन गरिने । सबै सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरिने ।
-२०७६ देखि ०८५ सम्मलाई सार्वजनिक विद्यालय सुधारको दशक मानिने ।
-देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निःशुल्क प्याड उपलब्ध गराइने ।
-टोल-टोलका नागरिकका लागि आरोग्य कार्यक्रम सञ्चालन ।
-महिलाहरुका लागि क्यान्सर र स्तन क्यान्सरकाका लागि निःशुल्क परीक्षण र खोप कार्यक्रम ल्याइने ।
-नियामक निकायको व्यवस्था गरी श्रम निरीक्षण र श्रम अडिट गर्ने ।
-श्रमिकको न्यूनतम पारिश्रमिक बैंकबाटै भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाइने ।
-श्रमिकको न्यूनतम पारिश्रमिक बैंकबाटै भत्तानी गर्नुपर्ने व्यवस्था मिलाइने ।
-महिला हिंसा हुन दिन नदिने। हिंसा पिडितहरुका लागि पुनर्स्थापना केन्द्र स्थापना गरिने ।
-दुर्गम क्षेत्रमा सुत्केरीहरुको उद्धारका लागि हवाई सेवा दिने ।
-सबै प्रदेशमा सुविधासम्पन्न रंगशाला। स्थानीय तहमा दीर्घकालिन महत्वको खेलग्राम स्थापना ।
-सन २०१९ भित्रै दक्षिण एसियाली खेलकुद प्रतियोगीता आयोजना गरिने ।
-निरपेक्ष गरिबी अन्त्य गरिने। अब नेपालका कोहि भोक पर्दैन, भोकले कोही मर्दैन ।
-निरपेक्ष गरिबी अन्त्य गरिने। अब नेपालका कोहि भोक पर्दैन, भोकले कोही मर्दैन ।
-उच्च पदमा कार्यरत कर्मचारीहरुसँग कार्यसम्पादन करार गर्ने ।
-कर्मचारीको सेवा सुविधा पुनमुल्यांकन गरिने ।
-विकास आयोजनाहरुमा तीन सिफ्टमा काम सञ्चालन गरिने ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...