पहिलो महिला न्यायाधीशद्वारा जिम्मेवारी ग्रहण

काठमाडौं— सर्वाेच्च अदालतको इतिहासमा पहिलो महिला कामु प्रधानन्यायाधीशका रुपमा हिजो बिहिबारदेखि सुशीला कार्कीले जिम्मेवारी सम्हाल्नुभएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले वरिष्ठतम् न्यायाधीश भएर न्याय क्षेत्रमा काम गरिसक्नुभएकी कार्की नेपालको न्यायिक इतिहासमा सर्वोच्च स्थानमा पुग्ने महिला पहिलो हुनुभएको बताउनु भएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गत चैत ३० गतेबाट उमेर हदका कारण अवकाश लिनुभएपछि वरिष्ठतम न्यायाधीशको हैसियतले कार्कीले कामु प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो ।
कार्कीले वैशाख २ गतेदेखि मुद्दाको इजलास तोक्ने लगायत न्यायिक तथा प्रशासनिक कामको नेतृत्व प्रारम्भ गर्नु भएको छ । संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि गत चैत २८ गते सिफारिस गरेकामा संसदीय सुुनुवाइ समिति नभएकाले कार्कीको संसदीय सुनुवाइ भएको छैन ।
संवैधानिक व्यवस्थानुसार प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने हुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ । संसदीय सुनुवाइ हुन नसकेको हुनाले कार्कीले हाल कामु प्रधानन्यायाधीशका रुपमा काम गर्नुहुनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...