ब्ल्याकटाउन सिटि फेस्टिभल परेडमा नेपालीहरु ले पनि सहभागिता जनाउने 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सधै झैँ  ब्ल्याकटाउन सिटि काउन्सिलले आयोजना गर्ने ब्ल्याकटाउन सिटि फेस्टिभल परेडमा यस पटक पनि यहाँको नेपाली समुदायले सहभागिता जनाउने ब्ल्याकटाउन नेप्लिज कम्युनिटिका अध्यक्ष कृष्ण निरौलाले बताएका छन् ।  नेपालको पर्यटन प्रबर्दन गर्ने र बहुसांस्कृतिक यहाँको समुदायमा हाम्रा बिबिध रहन सहन र भेष भुषा लाई चिनाउने उदेश्य सहित उक्त परेडमा भाग लिनका लागि पनि निरौलाले ब्ल्याकटाउनमा मात्र नभई सिड्नी वरपर बसोबास गर्ने सबै नेपाली समुदायका सदस्यहरु लाई अनुरोध गरेका छन्।
नेपालीहरु को ठुलो संख्यामा बसोबास रहेको ब्ल्याकटाउन काउन्सिलको यो कार्यक्रम २५ मे शनिबारका दिन बिहान १०.३० देखि  Warrick Lane Blacktown बाट शुरु हुनेछ। बिभिन्न २ दर्जन भन्दा धेरै देशका बिभिन्न झाँकी सहितको उक्त परेडले ब्ल्याकटाउनका प्रमुख स्ट्रिटको परिक्रमा गर्नेछ। उक्त अवसरमा नेपाली राष्ट्रीय पोशाक वा आफ्नो मौलिक पहिचान झल्काउने पहिरन एवम् बाजागाजा सहित उपस्थित हुदै गर्दा यहाँको बहुसांस्कृतिक समुदाय र हाम्रै दोश्रो पुस्ता माझ पनि आफ्नो चिनारी बलियो राख्न मद्दत पुग्नेछ। कार्यक्रममा सहभागिता एबं अन्य बिस्तृत जानकारीका लागि ब्लाकटाउन नेप्लिज कम्यूनिटीका अध्यक्ष कृष्ण निरौलालाई  ०४३३ २१४ ०५३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।