सिड्नीमा अभुतपुर्व फेशन शो हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
ग्लाम नेपाल इन्टरनेसनल ( Glam Nepal International ) को आयोजनामा सिड्नीमा एक अभुतपुर्व फेशन शो हुदैछ।  देश बाहिर कै सबै भन्दा ठुलो फेशन शो को रुपमा तयारी गरिएको यस फेशन शोमा अष्ट्रेलिया भरि कै उत्कृष्ट मोडेलहरु र्याम्पमा उत्रनेछन् ।  २० युवती र १० युवा मोडेलहरु हाल फोटो शुट पछि बिभिन्न चरणका ट्रेनिङ्गहरु मा व्यस्त रहेको  ग्लाम नेपाल इन्टरनेसनलले जनाएको छ । आयोजकका अनुसार जसरि नेपाली गित, संगीत र चलचित्रहरु यति बेला नेपालको सिमाना बाहिर पनि आफ्नो बजार विस्तार गरिरहेका छन् यसै संगै नेपालको फेशन, नेपाल मै उत्पादित लुगाहरु, उत्कृष्ट नेपाली फेशन डिजाइनरहरु र नेपाली मुलका मोडेलहरु लाई पनि हामीले बिश्व बजारमा चिनाउनु छ सोहि उदेश्यमा एक कदम अगाडी बढ्दै यो फेशन शो को आयोजना गरिएको हो।
आउदो जुन २, साँझ ६ बजेबाट सिड्नीको सोफिटेल सिड्नी होटल (Sofitel Sydney Wentworth, 61-101 Phillip Street, Sydney, Australia 2000) हुन लागेको संगीतमय उक्त कक्टेल साँझको प्रत्यक्षदर्शी बन्दै हाम्रो भेष भुषा अनि ग्ल्यमर क्षेत्रका हाम्रा प्रतिभाहरुलाई प्रोत्साहन गर्न कार्यक्रममा सहभागिताको लागि आयोजकले अष्ट्रेलियामा रहेका सबै नेपाली दाजु भाई दिदि बहिनिहरु लाई अनुरोध गरेको छ ।  कडेंल कन्सल्ट्यन्सि प्रमुख प्रायोजक रहेको यस कार्यक्रम सम्बन्धि थप जनाकारीका लागि 0433 686 711 मा सम्पर्क गर्न सकिनेछ।