जनकपुर विश्वका लागि नै प्रेरणा स्रोत होः राष्ट्रपति

जनकपुर- राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी महोत्सवले नेपालको सामाजिक सांंस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
जानकी नवमीका अवसरमा जानकी मूल समारोह समितिद्वारा आज जनकपुरधामको जानकी मन्दिरमा आयोजित जानकी जन्ममहोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मौलिक मिथिला कला, कालिगढी र संस्कृतिको उत्कृष्ट नमूनाका रूपमा विश्वविख्यात जानकी मन्दिरको अवलोकनसहित पूजार्चना र दर्शनले आफ्नो मन प्रसन्न भएको छ भन्नुभयो ।
प्राचीन मिथिलाको राजधानी सीताको जन्मभूमि ऐतिहासिक पुरातात्विक नगरीस्थित नौलखा मन्दिर परिसरमा आयोजित उत्सवले ‘बसुधैव कुटुम्बकम’को भावना थप सुदृढ पार्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै उहाँले संस्कृति र परम्पराको संरक्षण तथा सम्बद्र्धन सबैको कर्तव्य र पुर्खाले सुम्पिएको महत्वपूर्ण दायित्व भएकामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,” यो पुण्यभूमि जनकपुर जहाँबाट विदेह राजर्षि जनक तथा महर्षि अष्टाबक्रले ज्ञानको ज्याति तथा शान्ति र सहिष्णुताको सन्दैश फैलाए यसको महत्व चिरकालसम्म रहिरहने छ ।“
राष्ट्रपति भण्डारीले यस क्षेत्रका ज्ञानी महर्षिहरूले दिएको ज्ञानको महत्व आज पनि उत्तिकै र यसलाई अनुसरण गर्न सकियो भने समाजमा देखिएका धेरै समस्या सजिलैसँग समाधान गर्न सकिने बताउनुभयो ।
उहाँले प्राचीनकालमै शिक्षा र सभ्यतामा अग्रणी रहेको यस क्षेत्रमा कतिपय सामाजिक विकृति, विभेद र विसङ्गति विद्यमान हुनु चिन्ताको विषय हो भन्दै यसको अन्त्यका लागि हामी सबै क्रियाशील हुनु सामयिक रहेको स्मरण गराउनुभयो ।
उहाँले गार्गी, मैत्रेयी अनुसूयाजस्ता विदुषीहरूको जन्मभूमि, कर्मभूमि एवम् तपोभूमिको रूपमा रहेको यो पावन क्षेत्र विश्वका लागि प्रेरणा स्रोत र जानकी मन्दिर मुलुकको ऐतिहासिक सांस्कृतिक धरोहर हो भन्नुभयो । उहाँले वेदहरूको उद्गमस्थल यस पवित्र सांस्कृतिक पर्यटकीय क्षेत्र समृद्ध संस्कार र संस्कृतिका लागि अनुपम रहेको बताउनुभयो ।
मैथिली साहित्यका मूर्धन्य व्यक्तित्व ज्योतीश्वर ठाकुर र महाकवि विद्यापतिको योगदानको स्मरण गर्दै मैथिली भाषा तथा साहित्यको श्रीवृद्धि तथा समृद्ध निकाय थप कटिबद्ध हुनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति भण्डारीले विदेह राजा जनकले कृषिकर्म महायज्ञको आयोजना गर्दा दिव्यगुणी सीताको जन्म भई विख्यात भएको यस भूमिले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै अहिले यही भूमि कृषिको उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखको विषय भएको बताउनुभयो ।
उहाँले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम गर्दै दिगो विकासको अवधारणासहित कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न यस उर्वर भूमिको प्रचूर उपयोग गर्नुपर्ने औँल्याउनुभयो । यहाँ अवस्थित अपार प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै आर्थिक समृद्धिमा अग्रसर हुन आह्वान गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरव जानकी मन्दिर र यस समृद्ध भौतिक संरचना, श्रीसम्पत्ति एवं जलजमीन क्षेत्रको संरक्षण तथा सम्बद्र्धनमा सम्बद्ध जिम्मेवार निकायको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।
उहाँले सामाजिक चेतना र जागरणको महत्वपूर्ण कार्ययोजना ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियान प्रभावकारी ढङ्गले अघि बढिरहेकामा प्रशंसा पनि गनुृभयो । सो अवसरमा भौतिक पूर्वाधार र यातायातमन्त्री रघुवीर महासेठले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनमा सबैको सहयोगको आवश्यकतामा जोड दिनुभयो ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीलाई राष्ट्रिय पर्व मनाउनु पर्नेमा जोड दिँदै मन्दिरको विकास गर्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्नेछ भन्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकी नवमी मिथिलावासीका लागि महत्वपूर्ण दिन भएको बताउनुभयो । जगत्गुरू डा कृष्णदास महाराजले मिथिला र कौशिकी सभ्यता विश्वका सबैभन्दा प्राचीन सभ्यता भएको बताउँदै सङ्कीर्णतालाई त्याग्दै यस संस्कृतिको संरक्षण र सम्बद्र्धृनका लागि अग्रसरताको खाँचोमा जोड दिनुभयो ।
जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले जानकी नवमीलाई राष्ट्रिय पर्वका रूपमा मनाउनाका साथै मन्दिरको संरक्षण र विकासका लागि सरकारी पहलको आवश्यकता छ भन्नुभयो । यसअघि राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजार्चना गर्नुभएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



