१०० वर्षमा सत्यमोहन जोशी

काठमाडौं- उही पुरानै मयल रङको टोपी, दौरा सुरुवालमाथि कोट, अनि सधैँ लगाउने जुत्ता । तर अघिपछिभन्दा अली हँसिलो मुहार लिएर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मञ्चमा आसिन भए ।
उनको अनुहारमा चमक हुनुको एउटै कारण हो, एक सय वर्षको नजिकिँदो समय । उनी आज सोमबार १०० वर्षमा टेक्दै छन् । उनी जति खुशी थिए, त्योभन्दा खुशी उपस्थित दर्शक थिए । काठमाडौंको टङ्गालमा नइ प्रकाशनको सम्मान अर्पणमा सहभागी जोशीले शताब्दी पुरुष शब्दबारे मञ्चबाटै खुलेर मनको कुरा छताछुल्ल पारे ।
उनी ९५ वर्षको हुँदा नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाइले शताब्दी पुरुषको उपमा दिएका थिए । त्यही बेला लेखिएको जोशीको जीवनीमा ‘शताब्दी पुरुष’ परेको थियो तर, पाँच वर्षअघि नै प्रयोग भएको शब्दमा चित्त बुझेन ।
त्यो बेलाको स्मरण गर्दै जोशीले आफू ९५ वर्ष पुग्दा प्रसार्इंले आफ्नो बायोग्राफी (जीवन वृत्तान्त) मा शताब्दी पुरुष भनेर सम्बोधन गर्दा चित्त नबुझेको सुनाए । ‘मैले अनुरोध गरेँ कृपया यो ‘शताब्दी पुरुष’ झिकिदिनोस्, भर्खर ९५ वर्ष पुगेँ अझै पाँच वर्ष बाँकी छ भन्दा उहाँ (प्रसाईं) ले मान्नु भएन, ग्रेस लिएर पाँच वर्षअघि नै शताब्दी पुरुष भएँ”, जोशीले भने ।
‘शताब्दी पुरुष भनेर किताबमा निकाल्नुभयो, म बयोधा अस्पतालमा भर्ना हुन पुगेँ, मिति नै पुग्ने भो भन्ने लागेको थियो, तर त्यो ‘शताब्दी पुरुष’ले दीर्घजीवी बनाउन औषधिको काम गर्यो’ त्यो क्षण सम्झँदै जोशीले अघि भने ।
जीवनभर प्रकाशनप्रति ऋणी भएको जोशीको प्रतिक्रिया छ । ‘त्यो नलेखेको भए फोक्सोमा पानी जमेको मान्छे रहने थिइन होला, १०० वर्ष मेरा लागि सौभाग्य हो, दीर्घ जीवनका निम्ति अहिले औषधि पनि खानुपरेको छैन, तपाहरुले अहिले जे गर्दै हुनुहुन्छ, मेरो दीर्घ जीवनका लागि ऊर्जा हो”, जोशीको भनाइ थियो ।
उनले मन्तव्यको अधिकांश समय शताब्दी पुरुष शब्दमै खर्चिए । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो ‘समृद्ध नेपाल सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न ठूला भवन र पावर हाउसबाट बिजुली निकालेर मात्रै नहुने भन्दै जोशीले भाषा, साहित्य, संस्कृतिको विकासले नै मुलुक समृद्धि बन्ने बताए ।
जीवन वृत्तान्तमा पाँच वर्षअघि नै शब्द प्रयोग भए पनि सरकारले भने विसं २०७४ वैशाख २१ गते मात्रै जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेको थियो ।
नइ प्रकाशनले जोशी १०० वर्ष पुग्न लागेका अवसरमा शनिबारदेखि जन्मोत्सव प्रारम्भ भएको घोषणा गरेको छ ।
प्रा राजेन्द्र सुवेदी, प्रा डा महादेव अवस्थी र नइ प्रकाशनका सदस्य सचिव प्रसाईंले जरीजडित दुबोको माला लगाएर दीर्घ जीवनको कामना गर्दै १००औँ जन्मोत्सव प्रारम्भ भएको घोषणा गरे ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...