दक्षिण पश्चिम सिड्नीमा स्वास्थ्य चेतना कार्यक्रम सम्पन्न

शनिवारको चिसो विहानी । मिन्टोको कम्युनिटीहलमा अष्ट्रेलियामा रहेका विभिन्न पेशामा दक्षता हासिल गरेका नेपाली मुलका वरिष्ठ चिकित्सक, अष्ट्रेलियन सरकारका सांसद, क्याम्पवलटाउन काउन्सीलका मेयर, उपमेयर, काउन्सलर, वरिष्ठ वकिल, पत्रकार, समाजका अगुवा, एनआरएनका पदाधिकारी, र आसन्न निर्वाचनका उम्मेदवारहरु, नेपालवाट आउनुभएका अभिभावक र विद्यार्थीहरुको भब्य उपस्थिति थियो । सिड्नीका अन्य सवअर्वमा एनआरएनएको आसन्न निर्वाचन र त्यसको राजनीतिक सरगर्मी अनि चुनावी गठजोडमा समाजका अगुवाहरु ब्यस्त भइरहेको दक्षिण पश्चिम सिड्नीको मिन्टोमा भेला भएका नेपालीहरु भने एउटा भिन्नै र असल कार्यक्रमको शुभारम्भ गरेर राजनीतिक खिचातानीमा ब्यस्त नेपाली समाजको भिडमा एउटा उदाहरण वनिरहेका थिए । न त कुनै उग्रराजनीतिक भाषण थियो न त कसैप्रति आरोप प्रत्यारोप गरिएको थियो, यो त केवल नेपाली विशेषज्ञ चिकित्सकहरुले नेपालीहरुहरुलाई लक्षित गरि आयोजना गरिएको स्वास्थ्य चेतना कार्यक्रमको भब्य र सभ्य उदाहरण थियो । ल्युमिया नेप्लिज कम्युनिटीको सहआयोजनामा साउथवेस्ट नेप्लिज कम्युनिटीले आयोजना गरेको स्वास्थ्य जनचेतना कार्यक्रम साँच्चिकै शिक्षाप्रद भएको उपस्थित सहभागिहरुले वताएका थिए । कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै साउथवेस्ट नेप्लिज कम्युनिटीका अध्यक्ष डा. देवेन्द्र सापकोटाले समुदायको स्वास्थ्य, शिक्षा, सांस्कृतिक पहिचान र धार्मिक तथा सामुदायिक कार्यक्रम संचालनका लागि कार्ययोजना अगाडि वढाएर लैजाने प्रतिवद्धता ब्यक्त गर्नुभयो । ‘हामी दक्षिण पश्चिम सिड्नीमा वसोवास गर्ने नेपालीहरुको वृहत्तरहितका लागि कार्य गर्न लागिपरेका छौ र यसमा काउन्सिलको सहाेगात्मक भूमिकाको अपेक्षा गरेका छौं ।’ निकट भविश्यमै यस भेगका नेपालीहरुलाई लक्षित गरि आयोजना हुने विविध कार्यक्रमका लागि एउटा सामुदायिक भवनको खाचो रहेको छ र त्यसमा काउन्सीलको सहयोगात्मक भूमिकाको अपेक्षा गरेका छौं । कार्यक्रमका सहआयोजक ल्युमिया नेपलिज कम्युनिटीका अध्यक्ष प्रकाश हुमागाईले स्वास्थ्य जनचेतना जस्तो महत्वपूर्ण र शिक्षाप्रद विषय विशेष गरेर नेपाली समाजमा अत्यन्त आवश्यक रहेको र यस्ता कार्यक्रममा विभिन्न नाममा छरिएर रहेका नेपालीहरु एकढिक्का भई निकट भविष्यमा पनि निरन्तरता दिनुपर्ने वताउनुभयो । ‘ समुदायका नाममा हामी धेरै राजनीतिक टिकाटिप्पणी र खिचातानीका कुरा गरेर समय ब्यतित गरिरहेका छौं, तर स्वास्थ्य, शिक्षा, सांस्कृतिक पहिचान जस्ता कार्यक्रम गरेर समाजमा नयाँ पहिचान वनाउन पनि हामी एकजुट हुनुपर्ने समय आइसकेको छ, त्यसैले ल्युमिया नेप्लिज कम्युनिटी निकट भविष्यमै अन्य समुदायसंगको सहकार्यमा यस्ता विविध रचनात्मक कार्यक्रम गर्ने कार्ययोजनाका साथ अघि वढिरहेको छ’ पुराना पत्रकार समेत रहेका अध्यक्ष हुमागाँईले वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि क्याम्पवलटाउन सिटी काउन्सीलका मेयर जर्ज व्रिटसेभिकले स्वास्थ्य जनचेतना जस्तो महत्वपूर्ण कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदै आगामी दिनमा नेपाली समुदायले गर्ने कार्यक्रममा काउन्सील सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा न्यु साउथ वेल्स राज्यका सांसद एनालक च्यान्टिभोंग, क्याम्पवलटाउन सिटीका उपमेयर रे लाउन्ड, सांसद पिटर सिडग्रिभ्स, क्याम्पवलटाउन काउन्सीलका काउन्सल मसुद चौधरी, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका संयोजक हेमन्त काफ्लेलगायतले कार्यक्रमको सफलताका लागि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । आर्कषणका केन्द्रविन्दु चिकित्सकहरु कार्यक्रमका मुख्य आर्कषक वनेका थिए डा. कुमुद धिताल र डा। सिताराम जोशी । मुटु प्रत्यारोपण मार्फत विश्वमै चर्चित वनेका डा. धितालले कार्यक्रममा मुटुरोग र असल स्वास्थ्य सम्वन्धी विविध जानकारी मुलक सामाग्रीहरु प्रस्तुत गरेर सहभागीहरुलाई उत्साहित वनाएका थिए । अर्का चिकित्सक सीताराम जोशीले ‘जेरियाटीक स्वास्थ्य’ सम्वन्धी प्रस्तुतीलाई अत्यन्त सरस, आर्कषक र सरल ढंगवाट प्रस्तुत गरेर चेतना कार्यक्रममा सहभागिहरुलाई हौस्याएका थिए । अर्का डा.प्रविण पाठकले ‘पुरुष स्वास्थ्य र प्रोस्टेट स्क्रिनिंग सम्वन्धी, डा. वावुराम वस्ताकोटीले मधुमेह जाँच, परीक्षा र उपचार सम्वन्धी, डा रुपेश केसीले दाँत सम्वन्धी, डा महेन्द्र नेपालले मानसिक रोग सम्वन्धी र डा अन्जु पाण्डेले पाठेघरको क्यान्सर सम्वन्धी विभिन्न चेतनामुलक प्रस्तुति दिएका थिए । त्यस्तै फरमिला सापकोटाको ‘स्तन क्यान्सर र उपचार’ सम्वन्धी प्रस्तुतिले उपस्थित अभिभावक र विशेष गरेर महिला सहभागिहरुका लागि शिक्षाप्रद रहेको कार्यक्रममा सहभागि जानकी रानाभाटले वताईन् । कार्यक्रमका संयोजक सुदिप ढकालले कार्यक्रम सफल वनाउन सहयोग गर्ने सहआयोजक, स्पोन्सरड र सहभागीहरुलाई धन्यवाद दिनुभएको थियो ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



