लम्जुङ्ग समाज अष्ट्रेलिया भेटघाट कार्यक्रम सम्पन्न

लम्जुङ्ग समाज अष्ट्रेलियाले नयाँ बर्ष २०७३ को उपलक्ष्यमा सिड्नीमा एक भेटघाट कार्यक्रमको आयोजना गरेको छ। नेपालकाे लम्जुङ्गबाट अष्ट्रेलिया अार्इ बसोबास गर्ने दिदी बहिनी दाजुभाइ बीच भाईचारा बढाउने, आपसी सुख दु:ख साटासाट गर्ने र आफुले सकेको सहयोग आफ्नो जन्मभूमिको शिक्षा , स्वास्थ्य तथा स्वाब्लम्बनका क्षेत्र मा गर्ने उध्देश्यले समाजको स्थापना भएको थियो। २०१५ सालमा गठन भएको समाजले आफ्ना कार्यहरु लाई अष्ट्रेलियामा विविध रुपमा सन्चालन गर्नको लागि अष्ट्रेलियान फेयर ट्रेडिङ मा दर्ता समेत गरिसकेको सस्थाका अधक्ष प्रकाश सापकोटाले बताए। समाज गठन भएको एक वर्षको अन्तराल मै समाजले नेपालमा गएको महाभुकम्पबाट पीडित र श्रीमान गुमाएर शोकमा डुबेकी महिलालाई आर्थिक सहयोग गरी आफनाे सामाजिक जिम्मेबारी तर्फ पाइला चालिसकेको छ। सस्थालाई अझै बलियो र संगठित बनाएर अगाडि लैजाने हेतुले संस्थाले सदस्यकाे व्यवस्था गर्न लागेको सस्थाका सुधिर घिमिरेले बताए। अहिले सदस्य बन्न इच्छुकहरु को सदस्यता शुल्क मिनाहा गरिएको छ।
लम्जुङ्गदेखि अष्ट्रेलियाको यात्रा तय गरेर अध्ययन, बिभिन्न पेशा र रोजगारमा संलग्न लम्जुङ्ग बासीहरु को बृहत भेट्घाट कार्यक्रम अष्ट्रेलियाको आश्फिल्ड पार्कमा सम्पन्न भएको थियो। कार्यक्रममा युबाहरु लाई खेल मार्फत उनीहरु को व्यक्तित्व विकासमा टेवा पुर्याउने उदेश्यले लम्जुङ्ग भलिबल टिमको गठन गरिएको छ। कार्यक्रमले खेलकुद संयोजक नन्द गुरुङलाई चयन गरेको छ । राम गुरुङको संयोजकत्वमा गठन भएको भलिबल टिमकाेले छिट्टै खेल सुरु गर्ने बताइएको छ। संस्थाले निकट भबिष्यमा लम्जुङ्गको हित लाई ध्यानमा राखी कार्यक्रमको घोषणा गर्ने सस्था कि सचिब प्रतिज्ञा अधिकारीले जानकारी दिइन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...