विद्यार्थी कल्याणकारी कोषकालागि एनआरएनए अष्ट्रेलियाको पैदलयात्रा निरन्तर
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2016/04/wel-fare-Melborne.jpg)
एन आर एन अष्ट्रेलियाले सुरुवात गरेको विद्यार्थी कल्याणकारी काेषका लागि अष्ट्रेलियाको मेलवर्नमा आइतबार वाक फर वेयलफेर कार्यक्रम सम्पन्न भएकाे छ । अलेक्जेण्ड्रिया गार्डेन क्यापिटल सिटी ट्रायेलबाट सुरु भएको पद यात्रा करिब २०० को संख्यामा नेपाली झन्डा फहराउदै मेलबर्नको मुटु मै पर्ने यारा नदीको छेउमा रहेको बार्बेक्यु एरियामा गएर टुंगिएको थियो ।सहभागीहरुलार्इ एनआरएनए भिक्टोरियाको तर्फबाट ससेज सिज्लर लन्चको रुपमा बितरण गरिएको थियो ।
एनआरएनले आयोजना गरेको साे कार्यक्रममा एनअारएनएसँग सम्बद्ध एनआरएनए आइसिसी, एनसिसी, एससिसीका सदस्य तथा पदाधिकारीहरु लगायत भिक्टोरिया स्थित सामुदायिक संस्थाका अग्रजहरु, विद्यार्थी, समाजसेबी, ब्यापारी तथा सर्बसाधारणहरुको बाक्लो उपस्थिती रहेकाे थियो । ‘वाक फर वेलफेयर’ नाम दिएर करिब छ किलोमिटरको पैदलयात्रा गरेका नेपालीहरुलाई अन्य विदेशी समुदायका ब्यक्तिहरुले समेत हौसला दिइरहेका थिए ।
वाक पछी आयोजना गरिएको संक्षिप्त कार्यक्रममा कार्यक्रम सफल पार्न अहोरात्र खटिनेहरुलाई धन्यवाद दिदै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एनआरएनए अष्ट्रेलिया नेपाली बिद्यार्थीहरु को सर्बोपरी हितका लागि सुरुवात गरिएको यो अभियानमा उठेको रकमलार्इ पारदर्शी बनाउन एन आर एन रात दिन खट्ने बताउनु भयो । साथै उहाँले एन आर एन ले अहिले सम्म गरेका र भबिसष्य मा गर्न लागेका कार्यक्रमको बारेमा उपस्थित जन समुदायलाई प्रकाश पर्नु भयो। अष्ट्रेलियामा छ वटा सहरहरुमा कार्यक्रम सम्पन्न भएपछि उक्त कोषलाई पारदर्शी किसिमले सञ्चालन गर्न एनआरएन ओसिनिया संयोजक महेन्द्र लम्सालको संयोजकत्वमा समिति समेत बनाइएको छ । कल्याणकारी कोषको लक्ष्य एक लाख डलर राखेको र यो उदेश्य प्राप्तिका लागि विद्यार्थी कल्याणकारि कोषको टिमले कुनै कसुर बाँकि नराख्ने बताउनुभयो । अष्ट्रेलियामा उचित मार्गदर्शन र अभिभाबकत्व निभाउनको लागि एक कल्याण्कारी कोषको आबस्यकता महसुस गर्दै विद्यार्थी कल्याण्कारी कोशका लागि अष्ट्रेलिया ब्यापी वाक फर वेल फेयर को आयोजना गरिएको हो।
कार्यक्रमक समंयोजक समिम अनवरले सिड्नी ब्रिसबेन र मेलबर्नको सफलता पछि वेल फेयर टिम उत्साहित भएको बताउनु भयो । एन आर एन ए आइसिसीका प्रबक्ता रन्जु वाग्ले थापाले अष्ट्रेलिया प्रायः अभियानको जननी हुने बताउँदै अरु आइसीसीहरु ले यस्ता कार्यको अनुसरण गर्ने कुरामा आफु बिस्वस्त भएको बताउनु भयो । भिक्टोरियाका नेपाली महाबाणिज्यदूत चन्द्र योञ्जनले एन आर एन को यस कार्यक्रमको प्रसंशा गर्दै आफ्नो सहयोग सदैब रहने बताउनु भयो ।
एन आर एन ए भिक्टोरिया कि इभेन्ट कोअर्डिनेटर दिपाश्री शाहले सहभागीहरु लाइ स्वागत गर्नु भएको थियो ।शम्शेर सिंह बस्नेतले सहभागीहरु लाई धन्यवाद दिएका थिए। कार्यक्रममा एन आर एन ए एन सिसि का कोअर्डिनेटर केशव कंडेलले कार्यकर्म सन्चालन गरेका थिए।
यसै गरी विद्यार्थीका तर्फ़ बाट श्रीकृष्ण सिलवालले आफ्नो हितको कार्यमा विद्यार्थी आफैं तात्नु पर्ने कुरामा जोड दिए । नेपाली युथ एसोसिएसन् भिक्टोरियाका अध्यक्ष समेत रहेका सिलवालले आफ्नो समस्यामा साथ दिने एन आर एन को अभियानमा विद्यार्थीले पनि साथ् दिने बताए । न्याभका अध्यक्ष डाक्टर अनुपम पोख्रेलले कल्याणकारी कोषको रकम संकलन कार्यमा आफ्नो पनि साथ रहने बताए ।
परोपकारी अक्षयकोष स्थापना गर्ने उद्देश्यले अायाेजित साे कार्यक्रम करिब ३ महिनादेखिको दौडधुप पश्चात सफल भएकाे हाे । यो कार्यक्रमले यहाँ रहेका र नेपालबाट उच्च शिक्षा अध्ययनका लागि आएका नेपाली बिद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले राखेकाे छ । अष्ट्रेलियाका प्राय: सबै मुख्य सहरहरुमा आयोजना गर्न लागिएको यस कार्यक्रमले रकम संकलन गर्ने मात्र नभएर नेपाली पहिचानलाई पनि फाईदा पुर्याउने सहभागीहरुको दाबी थियो । पछिल्लो समयमा नेपाली विद्यार्थीहरु विभिन्न समस्याहरु को सिकार मात्रै हैन ज्यान समेत नै गुमाएको परिपेक्षमा यो अभियानलाइ उत्सुकताका साथ् नेपाली बिधार्थीहरुले प्रतिक्षा गरिरहेको छ.
अष्ट्रेलियाको सिड्नी , ब्रिसबेन र पर्थमा गत महिना वाक फर वेल फेयर कार्यक्रम भब्यताका साथ सम्पन्न भईसकेको छ।
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Samita-Giri.jpg)
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/MRS-Vogue-Nepal-2024.jpg)
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...