चलचित्रकर्मीले पाए सरकारी परिचयपत्र

काठमाडौं— चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याइरहेका १३ जना चलचित्रकर्मीलाई नेपाल सरकारले ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । वरिष्ठता तथा चलचित्र क्षेत्रमा उनीहरुले पुर्याएको योगदानको कदर गर्दै चलचित्र विकास बोर्डको पहलमा उनीहरुलाई यस्तो कार्ड प्रदान गरिएको हो । सोमबार सञ्चार मन्त्रालयमा आयोजित एक समारोहमा सञ्चारमन्त्री शेरधन राईले वरिष्ठताको आधारमा चलचित्रकर्मीलाई उक्त कार्ड हस्तान्तरण गरेका हुन् ।
रातो रंगको उक्त परिचय पत्र विशिष्ठ कलाकारलाई प्रदान गरिएको हो । विशष्ट श्रेणीको उक्त परिचयपत्र पाउनेहरुमा नीर शाह, हरिप्रसाद रिमाल, यादव खरेल, भुवन चन्द, बसुन्धरा भुसाल, चेतन कार्की, किरण खरेल, लक्ष्मीनाथ शर्मा, शुभद्रा अधिकारी, शकुन्तला शर्मा गुरुङ, उद्धव पौडेल, मञ्जुकुमार श्रेष्ठ तथा गेहेन्द्रप्रसाद धिमाल छन् ।
समारोहमा सञ्चारमन्त्रालयका सचिव दिनेश थपिलयाले पहिलो चरणमा विशिष्ट श्रेणीका कलाकारलाई कार्ड हस्तान्तरण गरिएको बताउँदै दोस्रो चरणमा नीलो रंगको ‘वरिष्ट चलचित्रकर्मी’ परिचयपत्र तथा तेस्रो चरणमा हरियो रंगको ‘सामान्य चलचित्रकर्मी’ परिचय पत्र वितरण गरिने जानकारी दिए ।
विशिष्ट श्रेणीको परिचय पत्रका लागि लागि समयावधी नतोकिएपनि अन्य परिचयपत्रको लागि निश्चित समयावधी तोकिने बताइएको छ ।
तस्बिर : उत्सव रसाइली/न्यूजपेजथ्रि डटकम

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...