न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं- भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । २४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा अलआउट भयो । भारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
रवीन्द्र र धोनीले ११६ रनको साझेदारी गरे पनि भारतले खेल हारेको हो । सुरुवातमा रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १–१ रनमा आउट भए ।
१.३ ओभरमा रोहित एक रनमा आउट हुँदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुदा भारतको पाँच रन थियो । त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएसँगै भारत पूरै दबाबमा आएको थियो ।
बलिङतर्फ मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिए । यसअघि इंग्ल्यान्डको म्यान्चेस्टरमा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको हो ।
६७ रन बनाएका रोस टायलर सात बनाएर आउट भए । उनी ९० बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भए । त्यसलगत्तै टोम लाथम पनि १० रनमा आउट भएपछि न्युजिल्यान्डले ठूलो स्कोर बनाउन सकेन । मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो । ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल सुरु भएको हो ।
यसअघि मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि यो खेल ‘रिजर्ब डे’ को लागि सारिएको थियो । खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।
बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...