१६ किलो सुन बरामद

गोरखा- उत्तरी गोरखा सडक सञ्जालले जोडिएको छैन । खाद्यान्न ढुवानीको एक मात्र माध्यम खच्चड हो । स्थानीय व्यापारीसमेत रहेका धार्चे गाउँपालिका केरौँजाका धनकमल उत्तरी क्षेत्रका खच्चड व्यवसायी हुन् । उनी उत्तरी क्षेत्रका व्यापारीसँग सम्पर्क गर्ने खच्चडमार्फत आरुघाटलगायतको क्षेत्रबाट खाद्यान्न ढुवानी गर्थे ।
सधैँजसो तिब्बतका सिमानामा रहेका गाउँमा सामान पु¥याएर फर्केर बेपत्ता भएको बिहीबार २७ दिन पुग्यो । गत असार ११ गते माथिबाट धार्चेकै माछाखोला बजार झर्दै गरेका उनीमाथि एउटा समूहले आक्रमण गरेको खबर एकाएक बाहिर आयो ।
स्थानीयमार्फत नौ जना युवाले धनकमललाई आक्रमण गरी अपहरण गरेको खबर पनि बाहिरियो । त्यही बेला धनकमलले नै गाउँमा फोन गरेर आफूसँग भएको पैसा लुटिएको नाटक गर्दै फोन काटेका थिए । धनकमल हराएपछि उनका परिवारले माछाखोला प्रहरी चौकीमा उनलाई खोजिदिन भन्दै निवेदन दर्ता ग¥यो । त्यही बेलादेखि गोरखा प्रहरी उनीसहितको टोलीलाई खोज्न तीव्र लाग्यो । धनकमलको काण्डको खोजी गर्ने बेलामा गोरखाका तत्कालीन एसपी भोला रावलले घटनाको बेवास्ता गर्दै उल्टै कार्यालयमै रक्सी खाएर डीआईजीलाई गाली गरी गीतसमेत सुनाएका थिए ।
पछि गोरखामा नयाँ एसपी ओम अधिकारी आएपछि घटनाको अनुसन्धान थप अघि बढेको थियो । गाउँलेहरुले धनकमललाई मारेर बूढी गण्डकीमा फालिदिएको आशंकमा पनि गरेका थिए । ‘उसलाई त त्यही अपहरण गर्नेहरुले मारेर बूढी गण्डकीमा फालिदियो होला भनेर गाउँले तथा परिवारचिन्तित थिए’ –धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भन्नुभयो । उहाँका अनुसार बूढीगण्डकीमा फालेको छ कि भन्दै गाउँलेले गण्डकीको किनारमा पनि खोजेका पनि थिए ।
यता परिवारको दबाबमा रहेको प्रहरीले धनकमल र उनलाई आक्रमण गरेको भनिएको टोली कोही पनि पत्ता नलागेपछि घटना रहस्यमय बनेको थियो । एसपी अधिकारीले प्रहरी निरीक्षकको कमाण्डमा उत्तरी गोरखामा सर्चका लागि टोली खटाउनुभएको थियो ।
त्यही टोलीले अपहरणमा परेका भनिएका धनकमललाई बुधबार पक्राउ गरेको थियो । उनलाई कहाँबाट कसरी पक्राउ गरिएको थियो खुलाइएको छैन । स्रोतका अनुसार उनलाई प्रहरीले बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो । उनै धनकमलले नै ओडारमा सुन राखेको ठाउँमा प्रहरीलाई पु¥याएका थिए । प्रहरी स्रोतले भन्यो– ‘जाँदा खच्चडमा खाद्यान्न लगेर गएको र फर्कँदा तिब्बतीहरुले दिएको सुन लिएर त्यही खच्चडमा लिएर माछाखोला फर्कँदै थिए ।’
प्रहरी स्रोतका अनुसार उनले त्यो सुन भारतीय व्यापारीको हातमा पु¥याउने जिम्मा लिएका थिए । प्रारम्भिक अनुसन्धानले धनकमलले यसभन्दा पहिले पनि सुन ओसारापोसार गर्ने गरेको खुलेको छ । खच्चड छोडेर रुमालमा सुन बेरेर जंगल छिरेका धनकमलले नै ओडारमा सुन लुकाएका थिए ।
उत्तरी गोरखालाई सुन तस्करको पछिल्लो रुट बनाएका छन् । गत वर्षको भदौमा पनि सिर्दीबासमा १० किलो सुन प्रहरीले बरामद गरेको थियो । उत्तरी गोरखामा तिब्बतसँग जोडिएका दुईवटा नाका छन् । एउटा रुइला नाका र अर्को ङुइला । रुइला सामागाउँमा पर्छ भने ङुइला छेकम्पारमा ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



