रीमाको घाँटी भन्दा तल के खोज्दैछन् गायक आर्जन पाण्डे

काठमाडौं– गायक आर्जन पाण्डेको स्वरमा एउटा रमाइलो शैलीको पप गीत ‘घाँटी भन्दा तल…’ सार्वजनिक भएको छ । उक्त गीतको रमाइलो म्युजिक भिडियोमा अभिनेत्री रीमा विश्वकर्मा तथा गायक पाण्डेले अभिनय गरेका छन् ।
प्रतिक पौडेलको शब्द तथा संगीत निर्देशनको उक्त गीतको म्युजिक भिडियोमा गायक पाण्डे स्वयंले अभिनय गरेका छन् । रोचक शैलीको म्युजिक भिडियोमा गायक पाण्डेलाई अभिनेत्री रीमा विश्वकर्माले साथ दिएकी छिन् । साइन्स फिक्सन शैलीको उक्त भिडियोमा अभिनेताको रुपमा प्रस्तुत भएका गायक पाण्डे भिडियो गेम भित्र प्रवेश गरेपछि विकसित भएका घटना क्रमलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ ।
बालाजुस्थित चलचित्र विकास कम्पनिमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई एस्ट्रो झोलेले निर्देशन गरेका छन् । भिडियोका छायांकार तथा सम्पादक पनि एस्ट्रो झोले नै हुन् ।
अघिल्लो वर्ष गायिका ईन्दिरा जोशीसंगको यूगल गीत ‘रेमिलाई…’ को सफलतापछि उत्साहित भएका गायक पाण्डेले त्यसपछि गायिका मेलिना राईसंग गरेको ‘झिमिक्कै परेली…’ लाई पनि दर्शक तथा स्रोताले मन पराएका थिए ।
‘घाँटी भन्दा तल…’ गीत पप तथा ज्याज शैलीमा आधारित छ । गायक पाण्डेका अनुसार भिडियोलाई रोचक बनाउन केही ट्रिकहरु प्रयोग गरिएको छ । गायक पाण्डेले उक्त भिडियो युवापुस्ताको रोजाइमा पर्न सक्ने अनुमान गरेका छन् ।
यस्तो छ भिडियो
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...