गोरखा समाज अष्ट्रेलियाद्वारा आयोजित नयाँ बर्षको कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०७३ को अवसरमा गोरखा समाज अष्ट्रेलियाद्वारा सिड्नीमा आयोजित बार्बिक्यू कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सिड्नी ओलम्पिक पार्क स्थित Blaxland Riverside Park मा गत अप्रिल १६ गते सम्पन्न कार्यक्रममा सिड्नीबासी गार्खालीहरू तथा मेलवर्नबाट समेत उल्लेखनीय उपस्थिति रहेको जनाइएको छ ।
नयाँ बर्षको शुभकामना आदान प्रदान तथा आपसी सद्भाव अभिबृद्धि गर्ने अभिप्रायले आयोजित कार्यक्रममा समाजका सल्लाहाकारहरू Nepalese Association of Australia (NAA) का अध्यक्ष उमेश पन्त, NADF का पूर्व अध्यक्ष तथा NRNA अष्ट्रेलियाका सल्लाहाकार डिल्ली ढकाल, Buddha Was Born in Nepal अभियानका अभियान्ता राम कुमार श्रेष्ठ तथा समाजका अग्रणी त्रिलोचन पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बार्बिक्यूको अलवा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएको थियो । जसमा बालबालिकाहरूको बेलुन फुटाउने खेलमा प्रथम हुने प्रयत्ना जोशी, महिलाहरूको सियो धागो तर्फ प्रथम हुने श्रेया देवकोटा पोख्रेल, हाँडी फुटाउने तर्फका बिजेता आशिष श्रेष्ठ तथा विङ्गो तर्फका विजेताहरु विजया लक्ष्मी महर्जन र सुरज श्रेष्ठलाई गोरखा समाज अष्ट्रेलियाका सल्लाहाकार राम कुमार श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले यस्ता कार्यक्रमहरूले सामाजिक भाईचारा बढ्नुका साथै भावी पिँढीलाई नेपाली सँस्कृतिको जगेर्ना गर्न समेत सहयोगी सिद्ध हुने बताउनुभयो ।
सहभागिहरूलाई कार्यक्रममा सहभागिताका गोरखा समाज अष्ट्रेलियाको तर्फबाट धन्यबाद दिदै समाजका अध्यक्ष ध्रुब पोख्रेलले आगामी दिनहरूमा आयोजना गरिने विभिन्न सामाजिक कार्यक्रमहरूमा समेत सक्रिय सहभागिताका अनुरोध गर्नुभएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...