गायिका बिन्दु परियारको नयाँ गीतमा प्रियंका कार्कीको यस्तो नृत्य

काठमाडौं— चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु…’ गीतको लोकप्रियतासंगै गायिका बिन्दु परियार पाश्र्व गायिकाको रुपमा लोकप्रिय भइन् । चलचित्र ‘छक्क पञ्जा–३’ को ‘पहिलो नम्बरमा…’ गीतको लोकप्रियताले उनलाई पाश्र्व गायिकाको रुपमा स्थापित नै गरायो । त्यसो त गायिका परियारले केही महिनाअघि सार्वजनिक गरेको यूगल गीत ‘घरबार’ ले पनि दर्शक तथा स्रोताको मन जितेको थियो ।
लोकदेखि सुगमहुँदै चलचित्रका गीतमा समेत सफलता हासिल गरिसकेकी उनै गायिका बिन्दु परियार यतिबेला आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् ।
आफ्नै आधिकारिक यूट्युब च्यानलमार्फत गायिका परियारले ‘म के गरौं…’ शीर्षकको यूगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । एक नारायण भण्डारीको शब्दको उक्त गीतमा आशिष अविरलको संगीत निर्देशन छ ।
म्युजिक भिडियोमा गायिका परियारले लोकप्रिय अभिनेत्री प्रियंका कार्कीको साथ पाएकी छिन् । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाईजका कलाकारहरुले साथ दिएका छन् । सुदिप सागरद्वारा निर्मित उक्त भिडियोलाई भिमफेदी गाईजले नै कोरियोग्राफी गरेको हो । धीरज जंग शाहद्वारा छायांकन गरिएको उक्त भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने निशान घिमिरेले यसलाई सम्पादन गरेका हुन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...