तीजका गीतहरुको रौनक

गायिका अन्जना गुरुङले पहिलो पटक आफ्नै एकल एल्बमका लागि तीज गीतको कोसेली ‘तीजको लहर’ रेकर्ड गराएकी छिन् । यसअघि कलेक्स एल्बमहरुका लागि तीजका गीत गाइसकेकी यी गायिकाले आफ्नै एल्बमका लागि भने पहिलो पटक यस्तो गीत गाएकी हुन् । सांगीतिक क्षेत्रमा थुप्रै लोकप्रिय गीतहरु दिइसकेकी गायिका गुरुङ ‘तीजको लहर’ बाट उत्साहित भएको बताएकी छिन् । अञ्जनाले रेकर्ड गराएका गीतको गीतमा राजकुमार बगरको शब्द तथा संगीत सुन्न सकिन्छ । गायिका अञ्जना तीज गीत रेकर्ड गर्नकै लागि अमेरिकाबाट काठमाडौं आएकी हुन् । यसपटकको तीज काठमाडौंमै मनाएर उनी अमेरिका फर्किने तयारीमा छिन् ।
तीज आउन केही महिना बाँकि छँदै गाउँ–शहरमा तीजका गीतहरु घन्किन थालेको धेरै वर्ष भयो । खासगरी यूट्युबको लोकप्रियतासंगै अहिले तीज आउन केही महिना बाँकि छँदै तीज विशेष गीतहरु दर्शकमाझ पुगिसक्छन् । यो वर्ष पनि तीज आउनुभन्दा धेरै अघिदेखि रेडियो, टेलिभिजनका साथै युट्युब अनि सामाजिक सन्जालहरू तीज गीतका भाका गुञ्जिन थालिसकेका छन् ।
लोकदोहोरी क्षेत्रका गायक, गायिकादेखि नृत्य कलाकारहरुलाई अहिले भ्याइ नभ्याइ छ । अधिकांश गायक–गायिकाले यो वर्षको तीज गीत सार्वजनिक गरिसकेका छन् भने केही कलाकाहरु तीज गीत रेकर्डि गरिरहेका छन् भने कोहि म्युजिक भिडियो निर्माण गरिरहेका छन् । यद्यपि, अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष केही कम तीज गीतहरु उत्पादन भएको अनुमान गरिएको छ ।
सांसद तथा गायिका कोमल वलीले यो वर्षको तीजका लागि ‘छड्के तिलहरी’ गीत बजारमा ल्याइसकेकी छिन् । उक्त गीतमा कोमल तथा उनकी बहिनी प्रज्ञा वली ‘शरद’को स्वर सुन्न सकिन्छ । दिदीबहिनीको सम्बन्धमा आधारित यो गीत यतिबेला चर्चामा छ । विगतका वर्षमा आधा दर्जनजस्तो तीज गीतमा स्वर दिने वलीको स्वास्थ्यमा समस्या आएका कारण यो वर्षको तीजमा यही एउटा मात्र तीज गीत बजारमा आउने भएको हो । वलीका अनुसार अरु तीज गीत पनि गाउने कुराकानी भैरहेको थियो, तर बिसञ्चोका कारण गाउन सकिनन् । वलीले केही वर्षयता गायक पशुपति शर्मासागको सहकार्यमा तीज गीत गाउँदै आएकी थिइन्, यसपालि पनि पशुपतिले उनका लागि गीत तयार पारेका थिए, तर स्वास्थ्यमा समस्या आएपछि उक्त गीत गाउन नसकिएको वलीको भनाइ छ ।
गायक पशुपति शर्माले यो वर्षका तीजका लागि आफ्नै शब्द, संगीत तथा स्वरको ‘सुहायो चौपट्टै’ तीज गीत सार्वजनिक गरिसको छन् । शर्माको तीज गीतमा देवी घर्तीमगर, राजु ढकाल र सुमित्रा घर्तीको स्वर तथा अभिनय छ । गायक शर्मा यो वर्ष तीनवटा भन्दा बढी तीज गीत नगाउने योजनामा छन् । उनी भन्छन्— ‘दुई वर्षअघि तीजमा १२ वटा गीत गाएँ, जसमध्ये २ वटामात्र हिट भए, पोहोर ५ वटा गाएँ, एउटा मात्र हिट भयो त्यसैले यसपालि ३ वटामात्र गाउने सोचमा छु ।’ तीजका समयमा थुप्रै गीत सार्वजनिक हुन्छन्, जसमध्ये केही गायक–गायिकको गीतले मात्र लोकप्रियता पाउँछन् । ‘त्यसैले तीज गीतमा घाटा छ ।’ शर्मा भन्छन्— ‘तीज गीत हिट भएर गायक–गायिकालाई स्टेज कार्यक्रमको अवसर आयो भने फाइदा हुन्छ, तर तीज गीतको म्युजिक भिडियो मात्र बनाएर कुनै फाइदा हुादैन ।’ गायक शर्माको सबैभन्दा बढी आम्दानी हुने भनेको यही तीजमा हो । तीजका बेला ऊनी देश–विदेशका स्टेज कार्यक्रममा निकै व्यस्त हुन्छन् ।
तीजका बेला गायक खुमन अधिकारीका गीतले पनि चर्चा पाउँछन् । यो वर्ष अधिकारीकै शब्द संगीत तथा स्वरको ‘सरर बतास’ तीज गीत सार्वजनिक भैसकेको छ । यो गीतले चर्चा कमाइरहेको छ । त्यसबाहेक उनकै शब्द तथा संगीतको ६ वटा तथा अरूको सिर्जनाका करिब ४ वटा गीत सार्वजनिक हुने क्रममा छन् । खुमनको शब्द संगीत तथा स्वरको पैसा मागौं कि, लेउ लाग्यो तथा शीर्षक राख्न बााकी तीनवटा गीत सार्वजनिक हुने तयारीमा रहेको अधिकारी बताउँछन् । गत वर्ष २६ वटा तीज गीतमा स्वर दिएका अधिकारी यो वर्ष भने १० वटा गीतमा सीमित हुँदैछन् ।
तीजमा गायक रामजी खाँडका गीत दर्शक तथा स्रोताले मन पराउँछन् । यो वर्षको तीजमा खाँडका तीज गीत सार्वजनिक भएका छैनन् । यद्यपि उनले मोडलिङ गरेका केही गीत भने सार्वजनिक भएका छन् । रामजीले अहिलेसम्म १२ वटाभन्दा बढी तीज गीतको भिडियोमा अभिनय गरिसकेका छन् भने आफ्नो स्वरको २ वटा तीज गीत ‘तीजैको खजना’ र ‘तीजै आयो बरिलै’ सार्वजनिक हुने क्रममा छन् । गायनमा भन्दा मोडलिङमा बढी व्यस्त हुँदै गएका खाँड अघिल्ला वर्षहरुमा देश तथा विदेशका तीज विशेष कार्यक्रमहरूमा व्यस्त हुन्थें । यद्यपि यो वर्ष उनी आइएमई लोक स्टारको निर्णायकको भूमिकामा व्यस्त रहने भएकाले तीजमा नेपालमै रहने बताउँछन् ।
गायिका राधिका हमाल तीजको रंगमा नरंगिने कुरै भएन । यद्यपि विगतको तुलनामा यसपालि उनको पनि गीतको संख्या घटेको छ । हमालले यसपालि आफ्नै शब्द तथा संगीतको २ वटा गीत तथा अन्य सर्जकको ७ वटा गरी ९ वटा गीत गाएकी छिन् । उनको स्वरको दुपट्टा सारी र टिकटक गीत सार्वजनिक भैसकेको छ, भने उनकै शब्द संगीतको म त भाग्यमानी र जीवनसाथी सार्वजनिक हुने क्रममा छन् । त्यसबाहेक चरी, हे दिदीबहिनी हो, हाम्रो नेपालमा, गाना बजाना, जापानको सारी आदि गीत सार्वजनिक हुने तयारीमा छन् । तीजताका देश तथा विदेशका स्टेज कार्यक्रममा व्यस्त हुने हमाल यसपालि अस्ट्रेलिया, दुवई, जापान आदि देशमा प्रस्तुति दिँदैछिन् ।
विगतका वर्षहरूमा जस्तै गायक बद्री पंगेनीले यो वर्ष दुईवटा मात्र गीत सार्वजनिक गर्ने तयारी गरेका छन् । उनको तीजको दर र अर्को एउटा गीत सार्वजनिक हुने तयारीमा छन् । त्यसबाहेक पंगेनी तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया, जापान, भारत आदि देश पुग्दैछन् ।
गायिका देवी घर्तीले यसपालि गायक पशुपति शर्माको सहकार्यमा ‘सुहायो चौपट्टै’ गीत सार्वजनिक गरिसकेकी छिन् । यो गीत उनले आफ्नै लगानीमा निर्माण गरेकी हुन् । उक्त गीत निर्माणमा करिब १ लाख ५० हजार खर्च भएको घर्ती बताउँछिन् । आफ्नै लगानीबाहेक घर्तीले यसपालि १५ वटा गीतमा स्वर दिएकी छिन् जसमध्ये मसान, चरी बस्यो, चर्तिकला मायालु, क्या राम्री देखियौ सार्वजनिक भएका छन् भने बााकी गीत सार्वजनिक हुने तयारीमा छन् ।
अघिल्लो वर्षको तीजमा ८३ वटा तीज गीतमा स्वर दिएकी गायिका पूर्णकला बिसीले यसपालि १० वटामात्र तीजगीत गाएकी छिन् । उनको स्वरमा सजिएको हत्तेरी, टिकटक, झन्डुबाम, बाबाको बारी आदि गीत सार्वजनिक भैसकेका छन् भने बाँकी गीत सार्वजनिक हुने तयारीमा छन् ।
गायक प्रकाश सपूत यसपालि तीज गीत नल्याउने मनस्थितिमा छन् । केही समयअघि मात्र गलबन्दी आएपछि देश–विदेशका कार्यक्रममा व्यस्त हुनु परेकाले तीज गीतका लागि समय दिन नपाएको सपुत बताउँछन् । गायक सपूत यो वर्षको तीज विशेष कार्यक्रमका लागि अष्ट्रेलिया, साइप्रस, कतार, हङकङ, कोरिया आदि देश पुग्दैछन् ।
नेपाली सांगीतिक क्षेत्रमा कति गीत रेकर्ड भए, कति सार्वजनिक भए, कुन गीतले राम्रो गरे अथवा कुन गीत असफल भए भन्ने लेखाजोखा राख्ने कुनै निकाय छैन । तैपनि तीजमा भने अरू बेलाको तुलनामा बढी गीत रेकर्ड हुने रेकर्डिङ स्टुडियो सञ्चालकहरू बताउँछन् । यो वर्ष ५ सयजति तीज गीत युट्युबमार्फत सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।
विगतको तुलनामा यो वर्ष तीज गीतको रेकर्डिङ घटेको गायक–गायिका तथा रेकर्डिङ स्टुडियो सञ्चालकहरू बताउँछन् । पहिले तीजका गीत रहरले निकाल्थे, तर यो खर्च मात्र हो भन्ने कुरा बुझेपछि अहिले धेरैजसोले तीज गीत निर्माण गर्न छाडेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष तथा गायक बद्री पंगेनी बताउँछन् ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...