पविधनको ‘मेले वनैमा’ सार्वजनिक

काठमाडौं— पुराना संगीतकार पविधन खालिङद्वारा संगीतबद्ध बाल गीतहरुको नयाँ एल्बम ‘मेले वनैमा’ हालै काठमाडौंमा लोकार्पण गरिएको छ । चोमोलुङमा प्रतिष्ठान नेपालद्वारा आयोजित समारोहमा दुई श्रष्ठालाई सम्मानित समेत गरिएको छ ।
बाल गायक–गायिकाहरुको स्वरको विमोचित एल्बममा धनबहादुर खालिङ एकल रचनाका गीतहरु सुन्न सकिन्छ । एल्बमका गीतमा प्रियंका खालिङ राई, मनिष चौधरी, दीपु परियार, अमृत परियार, प्रतिक खालिङ राईको स्वर सुन्न सकिन्छ । विमोचन समारोहमा उक्त एल्बमबाट संकलित रकम सोलुखुम्बको फुलेलीमास्थित श्री सरस्वती बालबाटिका विद्यालयलाई सहयोग स्वरुप प्रदान गरिने घोषणा गरिएको छ ।
समारोहलाई सम्बोधन गर्दै संगीतकार गणेश रसिकले कला, साहित्य र संगीत क्षेत्रलाई तिखार्न चोमोलुङमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै यसलाई थप सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । संगीतकार शान्तिराम राईले विमोचित एल्बमको समिक्षा गरेका थिए ।
समारोहमा दुई जना श्रष्टालाई चोमोलुङमा सम्मान–२०७२ बाट सम्मानित गरिएको थियो । संगीतकर्मी ज्ञानु राणालाई चोमोलुङमा पविधान संगीत पुरस्कार प्रदान गरियो भने साहित्यकार मुलीबीर राईलाई मन लक्की साहित्य पुरस्कारबाट सम्मानित गरियो । पुरस्कारको राशी ८ हजार ८ सय ४८ रुपैयाँ छ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...