पविधनको ‘मेले वनैमा’ सार्वजनिक

काठमाडौं— पुराना संगीतकार पविधन खालिङद्वारा संगीतबद्ध बाल गीतहरुको नयाँ एल्बम ‘मेले वनैमा’ हालै काठमाडौंमा लोकार्पण गरिएको छ । चोमोलुङमा प्रतिष्ठान नेपालद्वारा आयोजित समारोहमा दुई श्रष्ठालाई सम्मानित समेत गरिएको छ ।
बाल गायक–गायिकाहरुको स्वरको विमोचित एल्बममा धनबहादुर खालिङ एकल रचनाका गीतहरु सुन्न सकिन्छ । एल्बमका गीतमा प्रियंका खालिङ राई, मनिष चौधरी, दीपु परियार, अमृत परियार, प्रतिक खालिङ राईको स्वर सुन्न सकिन्छ । विमोचन समारोहमा उक्त एल्बमबाट संकलित रकम सोलुखुम्बको फुलेलीमास्थित श्री सरस्वती बालबाटिका विद्यालयलाई सहयोग स्वरुप प्रदान गरिने घोषणा गरिएको छ ।
समारोहलाई सम्बोधन गर्दै संगीतकार गणेश रसिकले कला, साहित्य र संगीत क्षेत्रलाई तिखार्न चोमोलुङमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै यसलाई थप सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । संगीतकार शान्तिराम राईले विमोचित एल्बमको समिक्षा गरेका थिए ।
समारोहमा दुई जना श्रष्टालाई चोमोलुङमा सम्मान–२०७२ बाट सम्मानित गरिएको थियो । संगीतकर्मी ज्ञानु राणालाई चोमोलुङमा पविधान संगीत पुरस्कार प्रदान गरियो भने साहित्यकार मुलीबीर राईलाई मन लक्की साहित्य पुरस्कारबाट सम्मानित गरियो । पुरस्कारको राशी ८ हजार ८ सय ४८ रुपैयाँ छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...