हेल्प नेपालले सिड्नीमा २० औ बार्षिक उत्सब मनायो 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
हेल्प नेपाल नेटवर्क (HeNN) अष्ट्रेलियाले स्थापनाको २० बार्षिक उत्साब सिड्नीमा बिबिध कार्यक्रम सहित मनाएको छ । हेल्प नेपाल नेटवर्क सिड्नी च्याप्टरको आयोजनामा गत १७ अगास्तमा सम्पन च्यारेटी डिनर सहितको कार्यक्रममा प्रमुख अतिथिको रुपमा न्यू साउथवेल्सका बहुसाँस्कृतिक मन्त्री जोन सिडोटीको प्रउपस्थिति थियो भने हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेत नेपालबाट अतिथिको रुपमा आउनु भएको थियो । यसै गरि कार्यक्रममा न्यूसाउथवेल्सका महाबाणिज्यदुत दिपक खड्का, हेल्प नेपाल नेटवर्कका संस्थापक राजु अधिकारी, एनआरएनएकी संरक्षक इन्द्रा बन लगाएतका समुदायका सदस्यहरु को उपस्थिति थियो।
बिभिन्न संस्कृतिक कार्यक्रमहरु र हेल्प नेपाल नेटवर्कका गतिबिधिहरु लाई डकुमेन्ट्रीको रुपमा प्रस्तुत गरएको उक्त कार्यक्रममा धुलिखेलमा अबस्थित हेल्प नेपाल बाल आश्रमका लागि अष्ट्रेलियाबाट हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले पाँच हजार डलरको सहयोग समेत हस्तान्तरण गरेको थियो । उक्त गाला डिनरबाट संकलित रकम हेल्प नेपालले दोलखा जिल्लामा बनाउदै गरेको राज कुलेश्वर बिद्यालयलाई प्रदान गरिने पनि संस्थाको तर्फबाट हर्ष गौतमले जानकारी दिनु भएको थियो ।  सिड्नीको कार्यक्रम लगतै  मेलबर्नमा पनि गत २४ अगस्तमा भेटघाट सहितको कार्यक्रम सम्पन्न गरिसकेको छ।