स्पोर्ट्स फण्डमा १२ हजार डलर छुट्याउदै एनआरएनए अष्ट्रेलियाको बैठक सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

२०१९ – २०२१ कार्यकालको लागि निर्बाचित भएर अगस्त १० बाट आधिकारिक कार्यभार सम्हालेको एनआरएनए अष्ट्रेलियाको पहिलो बैठक निबर्तमान कार्यसमितिलाई धन्यवाद र एनआरएनएनका सबै अग्रजहरु लाई स्मरण गर्दै  कार्यसमितिका अध्यक्ष केशब कंडेलको अध्यक्षतामा सम्पन्न भएको छ । पहिलो बैठक सामान्यतय औपचारिकतामा सिमित हुने परम्परा भन्दा फरक ढंगले लैजादै बैठकले धेरै महत्वपूर्ण निर्णय गरेको छ । बैठकका निर्णयहरु सार्बजनिक गर्दै संस्थाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले बैठक सौहाद्र पूर्ण रुपमा सम्पन्न भइ सर्बसम्मत बिबिध महत्वपूर्ण निर्णयहरु भएको जानकारी गराउनु भएको छ।
रेग्मीको अनुसार बैठकले अष्ट्रेलियामा रहेका युवाहरु लाई खेलको माध्यमबाट जोड्दै युवाहरुलाई एनआरएनए संग पनि भावनात्मक रुपमा नजिक बनाउन स्पोर्ट्स फन्डको स्थापना गरेको छ । उक्त फन्डमा १२ हजार अष्ट्रेलिया डलर पनि छुट्टाई सकिएको छ । यसरि नै टुवाम्बामा संचालित नेपाली पाठशालाका लागि किताब/कापी लागएत अन्य कार्यका लागि एक हजार डलर प्रदान गर्ने पनि निर्णय गरिएको छ । आउदो १० अक्टोबरमा क्यानबेरामा हुन गइरहेको नेपाल र अष्ट्रेलियाबीचको विश्वकपको छनौट चरणको सकर खेलमा सहभागी हुन नेपालबाट आउने सकर टिमलाई उच्च सम्मान प्रकट गर्दै उनीहरुको अष्ट्रेलिया बसाइलाई सहज बनाउदै उनीहरु को यहाँको बसाइमा सक्दो सहयोग गर्न एनआरएनए अष्ट्रेलियाको युथ फोरमले एन्फा संग सहकार्य गर्ने पनि बैठकले निर्णय गरेको छ । यसको लागि युवा संयोजक इर्शाद अहमदले  संयोजन गर्ने र आबश्यकिय सहयोगका लागि डा ज्ञानेन्द्र रेग्मी, देब बाहादुर गुरुङ, अनिल पोख्रेल, नन्द गुरुङ र हेमन्त काफ्ले रहने गरि समिति समेत गठन गरिएको छ।
यसरि नै नेपाल भ्रमण बर्ष २०२० को पुर्ब सन्ध्यामा हुदै गरेको उक्त सकर खेलमा दुताबाससंग समन्यवय गरि प्रभाबकारी ढंगले सहयोग पुराउन एनआरएन एसीटिको तर्फबाट चुडामणि सापकोटाको नेतृत्वमा कार्य अगाडी बढाउन बैठकले निर्णय गरेको छ । बैठकका अन्य निर्णयहरु मा एनआरएनए अष्ट्रेलिया फाउन्डेसन र नेपाली डायस्पोरा पोलिसी इन्स्टिच्युटका कार्य छिटो संचालन गर्न र प्रभाबकारी बनाउने हेतु छिट्टै वर्कशपको आयोजना गरिनेछ । उक्त वर्कशपमा एकेडेमिक र प्रोफेसनल लगाएतका बिज्ञ ( think tanks ) हरु लाई सहभागी गराई उदेश्य र कार्ययोजाना तय गरिनेछ । यसै गरि एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय सदस्यहरु लाई बिबिध कुरामा सहुलियत ( छुट) योजना लागु गर्ने उदेश्य सहित संस्थाकी सचिब उषा किरण बारिया पोख्रेलको संयोजकत्वमा National Membership benefit team गरिएको छ उक्त टिमको सहसंयोजकमा संस्थाका कोषाध्यक्ष अनिल पोख्रेल छन्। उक्त टिमले छिटै यसका बारेमा प्रोपोजल तयार गर्ने छन् जसलाई संस्थाका महासचिब र एनएसडब्लु स्टेट को-अर्डिनेटर देब गुरुङले सहजताको भूमिका निभाउदै पहिलो चरणमा एनएसडब्लुका नेपाली ब्यबसायीहरु परामर्श गरिनेछ र अन्य स्टेटहरु मा बिस्तारै परामर्श लिईनेछ।

यसै सम्बन्धमा द नेपाली टाईम्स अष्ट्रेलियाको पहिलो बैठकको अनुभबका बिषयमा सोधिएको जिज्ञासामा नबनिर्बाचित अध्यक्ष केशब कडेलले आफु आजको पहिलो बैठकबाटै निक्कै उत्साहित भएको बताउनु भयो ।  टिमका साथिहरु मा देखिएको उत्साह र सकारात्मक सोचले आफुले प्रतिबद्दता गरे अनुरुप आउदो दुइ बर्षमा  एनआरएनए अष्ट्रेलियामा धेरै कार्य गर्न सकिने पनि उंहाले बताउनु भयो ।  निर्बाचन देखि नै आफुले सोचेको  स्पोर्ट्स फन्डको स्थापना र फन्डको ब्यबस्था, अष्ट्रेलिया फाउन्डेसन र नेपाली पोलिसी इन्स्टिच्युट लागएतका कुरा आजैको बैठकबाट कार्यान्वनको दिशामा गएकोमा सबैलाई धन्यवाद दिदै टिम भित्र र बाहिर सबैको सामुहिक प्रयासले मात्र एनआरएनएनएअष्ट्रेलियालाई सबैको अपनत्व महसुस गराउने सकिने कुरामा आफु बिश्वस्त रहेको पनि कंडेलले बताउनु भयो।