उपचारपछि स्वदेश फर्किए प्रधानमन्त्री ओली

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य उपचार बुधबार पूरा भएसँगै उनी शुक्रबार दिउँसो फर्किएका हुन् ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा १२ दिनको नियमित स्वास्थ्य उपचार पूरा भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले जानकारी दिएका छन् ।  उपचार सकिएसँगै प्रधानमन्त्री शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किएका हुन् ।

५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ । बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए ।