उपचारपछि स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य उपचार बुधबार पूरा भएसँगै उनी शुक्रबार दिउँसो फर्किएका हुन् ।
सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा १२ दिनको नियमित स्वास्थ्य उपचार पूरा भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले जानकारी दिएका छन् । उपचार सकिएसँगै प्रधानमन्त्री शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किएका हुन् ।
५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ । बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...