डेंगु रोग नियन्त्रण गर्न सरकारले तत्काल राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रण गर्न सरकारले तत्काल राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने माग गरेको छ । देशभर डेंगुका रोगीको संख्या बढेको भन्दै नियन्त्रण गर्न सरकारले राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने माग गरेको हो ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका राधेश्याम अधिकारीले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय संकट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले यसका विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्नुभयो ।
डेंगु फैलने क्रमलाई राष्ट्रिय संकटका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्दै उहाँले ६१ जिल्लामा फैलिएको रोग राष्ट्रिय महामारी नै भएको बताउनुभयो । सांसद अधिकारीले भन्नुभयो– ‘स्वास्थ्यको संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? कति मान्छे मरेपछि यसले महामारीको रूप लिन्छ ?’
‘सरकार कहाँ छ के गर्दै छ ? यसको महामारी रोक्न सरकारले के गर्दै छ ? स्वास्थ्य मन्त्रालय, सेना र प्रहरीको भूमिका के हो ? उहाँले भन्नुभयो ।
डेंगु रोग परीक्षणको नाममा निजी अस्पतालहरूले चर्को शुल्क असुलिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै परीक्षण शुल्क तोक्न पनि सरकारसँग माग गर्नुभयो । सत्तारुढ दल नेकपाका सांसद कोमल वलीले तीन तहका सरकारले आपसमा सहकार्य गरी डेंगु रोगको नियन्त्रणमा तत्परता देखाउन सरकारले विशेष अभियान थाल्नुपर्ने बताउनुभयो ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...