यस्तो छ रेश्मा र अनिलको ‘सोल्टिनी मैच्याङ’

काठमाडौं- गायिका रेश्मा बोम्जन तथा गायक अनिल लामाको स्वरमा तयार पारिएको गीति संग्रह ‘सोल्टिनी मैच्याङ’ काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । एल्बममा तामाङ सेलो शैलीको गीत समावेश गरिएको छ । पूर्व कानूनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा आयोजित समारोहमा उक्त एल्बम विमोचन गरिएको हो ।
विमोचित एल्बममा तामाङ सेलो शैलीका चार वटा गीतहरु समावेश छन् । शीर्ष गीत ‘सोल्टिनी मैच्याङ’ मा रेश्मा र अनिलको स्वर सुन्न सकिन्छ । यो गीतमा गायक अनिल लामाकै संगीत निर्देशन छ भने शब्दहरु साङ्गे ब्लोन तामाङले रचना गरेका हुन् ।
एल्बममा समावेश ‘गोरी गोरी मैच्याङ्’ मा गायिका रेश्मा बोम्जन तथा रमित लामाको स्वर छ भने केशव विश्वकर्माको शब्द तथा पुष्कर सुनुवारको संगीत निर्देशन छ ।
एल्बमको तेस्रो गीत ‘होइ च्याङ्बा’ पनि गायिका रेश्माकै स्वर सुन्न सकिन्छ भने देव पुनको शब्द तथा संगीत निर्देशन छ ।
एल्बमको ‘पोङ्दीको मेला’ मा भने गायक अनिल लामाको स्वर छ भने गीतमा शब्द तथा संगीत पनि लामाले नै तयार पारेका हुन् ।
समारोहमा एल्बममा समावेश ‘सोल्टिनी मैच्याङ’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । गायिका रेश्मा तथा गायक अनिलले उक्त गीतमार्फत दर्शकको मन छुने प्रयास गरेका छन् । उक्त गीतमा पवन वाङ लामाको संगीत संयोजन रहेको छ भने मित्र लामाले गीतलाई मिक्सिङ गरेका हुन् । राहुल बराइलीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा जयनन्द लामा, नविन राई, कुमार लामा, रश्मी तामाङ, निराञ्जली लामा, रेशम फिरीरी तथा मरिष्का पोखरेलले अभिनय गरेका छन् । भिडियोमा राज लामाको कोरियोग्राफी छ । हाइटलाइट्स नेपालको यूट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
यस्तो छ भिडियो
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...