मलाईका र अर्जुनको विवाह सम्भव छ ?

बलिउड अभिनेता अर्जुन कपूर तथा अभिनेत्री मलाइका अरोरा खान नजिक आएको चर्चा त्यति बेलादेखि नै चलेको थियो, जतिबेला मलाइकाको डिभोर्स नै भएको थिएन । त्यसैले पनि त्यतिबेला यो कुरालाई खासै गम्भिरतापूर्वक लिइएन । डिभोर्सपछि जब अर्जुन र मलाई सार्वजनिक रुपमा देखा पर्न थाले, त्यसपछि मात्र यी दुबै जना एक–अर्कालाई लिएर गम्भिर छन् भन्ने कुरामा प्रमाणित भयो । मलाइका भन्दा अर्जुन उमेरले कान्छा छन्, तर प्रेममा उमेर कसले हेर्छ र ? जोसंग हुनु छ, त्यो भएरै छोड्छ । रोचक कुरा त के छ भने अर्जुनको सलमान खानको परिवारसंगको सम्बन्ध निकै राम्रो छ । एक समय अर्जुन सलमानकै बहिनी अर्पितालाई पनि मन पराउँथे, तर त्यो कुरा अघि बढ्नुभन्दा अघि नै रोकियो । सलमानका पार्टिहरुमा अर्जुन आउने–जाने गरिरहन्थे र त्यही क्रममा उनी मलाइकाप्रति आकर्षित हुन थालेको बताइन्छ । त्यसो त अहिले अर्जुन र मलाइका एक–अर्काको साथलाई अति नै मन पराउँछन् । रेष्टुराँ र सिनेमालाई परै राखौं, उनीहरु विदा मनाउन समेत संग–संगै जान थालेका छन् । के दुबैले विवाह गर्न लागेको हुन् ? धेरै पटक त उनीहरुले विवाहको तयारी नै थालिसकेका खबरहरु समेत सार्वजनिक भएका थिए, तर पछि ती खबरहरु गलत सावित भए । के पनि भनियो भने अर्जुन र मलाइकाको प्रेम सम्बन्धप्रति अर्जुनका बुवा बोनी कपूर निकै रिसाएका थिए र उक्त सम्बन्धका विरुद्ध उभिएका थिए । तर अर्जुनलाई उनका काकाहरु (अनिल कपूर तथा सञ्जय कपूर) को साथ छ । अर्कोतिर मलाइकाका छोरालाई पनि यी सबै कुराको बारेमा राम्रो जानकारी छ । मलाइकाका पूर्व श्रीमान् अरबाज खान पनि अहिले एउटा रिलेशनशीपमा भएको समाचार सार्वजनिक भैसकेको छ । एउटा समाचारमा जनाइए अनुसार मलाईका र अर्जुन अहिले जुन अवस्थामा छन्, त्यसमै खुशी छन् । दुबैबीचको सम्बन्ध ‘साथी’ भन्दा निकै माथि पुगिसकेको छ र उनीहरु आफ्नो सम्बन्धलाई अर्को तहसम्म पुर्याएर अहिलेको अवस्थालाई समेत बिगार्न चाहांदैनन् । त्यसैले उनीहरुले परिस्थिती बुझेर अहिले नै विवाह नगर्ने निर्णय गरेको हुनुपर्ने अनुमान गरिएको छ । विवाह बिना पनि खुशी रहन सकिन्छ भन्ने कुरा उनीहरुले राम्ररी बुझेका छन् । त्यसैले अर्जुन र मलाइकाको निकट भविष्यमै विवाह हुने कुरा भने अहिलेलाई असम्भव झैं देखिन्छ ।
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...



