तपाईंहरुको मायाको भारी बोकेर फर्कदै छु – राजदुत नेपाल

सिड्नी, करिब ३२ बर्ष परराष्ट्र मन्त्रालय अन्तर्गत बिभिन्न पद तथा जिम्मेवेवारी सम्हालेका अष्ट्रेलियाका लागि नेपाली रजदूत रुद्र कुमार नेपालको ४ बर्षे कार्यकाल करिब करीब सकिएको छ । यस अवसरमा न्यू साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्काद्वारा गत १७ अप्रिल आईतवारका साँझ आफ्नै निवासमा आयोजना गरिएको बिदाइ तथा रात्री भोज कार्यक्रममा बोल्दै राजदूत नेपालले समग्र नेपाली समूदाय, एनआरएनए, सन्चार तथा बणिज्यदूतहरुबाट बिगतमा पाएको सहयोगको सराहना गरे । गएको बर्षमा नेपाल र नेपालीले महा भूकम्प तथा नाकबन्दी जस्ता कारणले बिभिन्न दु:ख कष्ट भोग्नु परेको उल्लेख गरे । त्यस्तै गरी एम.आर.पी. को दावब पनि दूतावासले सामना गर्नु परेको उल्लेख गरे । दूतावासबाट बाट गरिने यावत कार्यहरुमा नेपालीहरुको सदैब साथ रहेको उल्लेख गर्दै राजदूत नेपालले अगाडी भने ‘तपाईंहरुले मलाई आफ्नो कार्य सम्पादनमा गर्नु भएको सहयोगले म अष्ट्रेलियाबाट औपचारिक रूपमा बिदा हुँदै गर्द पनि तपाईंहरुको मायाको कोशेली भने साथ मै लिएर जाने छु’ ।

परराष्ट्र मन्त्रालयमा शाखा अधिकृतबाट आफ्नो करीयर शुरु गरेका राजदूत नेपाल बिगत मन्त्रालय मै यु एन डिविजन हेर्ने गर्थे भने भारतको कलकत्ता स्थित बाणिज्य दूत देखी, जापानमा करिब ४ बर्ष डेपुटी चिफ अफ मिसनको रूपमा काम गरी सकेका छन । अब आफ्नो कार्यकाल रजदूतबाट मात्र सकिएको नभै निजामती सेवाबाट नै निबृत भएको जानकारी पनि उनले दिए । सरकारी सेवाबाट अवकास भए पनि आफु मूलूकको लागि सदैब काम गर्ने तर राजनीति भने नगर्ने आशय एक प्रश्नको उत्तरमा उनले ब्यक्त गरे । बिदाई कार्यक्रममा बिभिन्न नेपाली समुदायका व्यक्तित्वहरु पत्रकार र संघ संस्थाका प्रतिनीधिहरुको उपस्थित थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...