एनआरएनए भिक्टोरीया र विद्यार्थीहरुसँग चाडपर्वको शुभकामना आदनप्रदान

गत ३० सेप्टेम्बरमा मेल्वर्न स्थित विगवेली रेष्टुरेन्टमा एनआरएनए भिक्टोरियाको आयोजना र कंडेल कन्सल्टेन्सीको प्रायोजनमा दशैं, तिहार लगायत आउँदै गरेका चाडपर्बहरु म्हः पूजा, नेपाल संम्वत तथा छठ पर्बका उपलक्ष्यमा विद्यार्थीसँग शुभकामना आदानप्रदान तथा अन्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली विद्यार्थीहरुको बाक्लो उपस्थितीमा सम्पन्न यस कार्यक्रममा बृस्बेनमा हालै सम्पन्न राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा विजयी भएका भिक्टोरिया राज्यका भाइबहिनीहरु लाई सम्मान पनि गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा उपस्थित विद्यार्थीहरु उज्वल अधिकारी, पुष्पा खड्का, मोनिका तामाङ्ग, अञ्जली तिमिल्सिना, सुशान्त योञ्जन लगायतले आफ्नो विद्यार्थी जीवनमा भोगिरहेको अनुभव तथा एनआरएनले विद्यार्थीहरुलाई सहयोग गरेको बारेमा चर्चा पनि गरेका थिए ।
भिक्टोरियाका लागि नेपाली अबैतनिक महावाणिाज्यदूत चन्द्र योन्जन, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको अध्यक्ष केशव कंडेल, उपाध्यक्ष प्रेम कंडेल, निवर्तमान अध्यक्ष टोनु घोताने, न्याभका अध्यक्ष तारा गैरे, नारी निकुञ्ज भिक्टोरियाका संयोजक काजल किरण, एएनएमसीका अध्यक्ष डा.चन्द्र दीपक पोखरेल, दिदी बहिनी समाजको पूर्वअध्यक्ष डा. सावित्रा काफ्ले, एनआरएनए एसीसी मेम्बर गणेश कंडेल, साँस्कृतिक अभियन्ता राम गुरुङ लगयतले अष्ट्रेलिया बसाइका आआफ्ना अनुभव सुनाउदै उपस्थित विद्यार्थीहरुलाई उत्प्रेरणा दिदै चाडपर्वको शुभकामना दिएका थिए ।
एनआरएनए भिक्टोरीयाको सचिव नारायण कटुवालले सन्चालन गरेको कार्यक्रममा प्रायोजनको तर्फबाट कडेँल कन्सल्टेन्सिका डिरेक्टर खगराज कडेँल , एनआरएनए भिक्टोरीया संस्थाबाट संयोजक प्रेम कंडेलले तथा उपसंयोजक मणिरतन सापकोटाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संयोजन एनआरएनए भिक्टोरीया यूथ संयोजक बविन मिश्र र एनआरएनए एसीसी मेम्बर तिलक सापकोटाले गरेका थिए । कार्यक्रममा शोभा बढाउन कवियत्री अनु श्रीले कविता बाचन गरेकी थिईन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...



