सुनकोसीमा बस खस्दा १७ को मृत्यु

सिन्धुपाल्चोक- मागा देउरालीबाट काठमाडौं जाँदै गरेको शैलुङ्गेश्वरीयातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार मध्याह्न सिन्धुपाल्चोकको सुकुटेनजिकै सुनकोसीमा खस्दा १७ जनाको मृत्यु भएको छ ।
आइतबार राति अबेरसम्ममा १ पुरुष, ७ महिला, ४ बालक र २ बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
उहाँका अनुसार मृतकमध्ये १४ जनाको पहिचान खुलेको छ भने यो समाचार तयार पार्दासम्म अन्य ३ जनाको सनाखत हुनसकेको छैन । ६५ जनाभन्दा बढी यात्रु बोकेर आएको उक्त बस १२ बजेपछि बलेफी–४ छातिखोलास्थित राजभण्डारी भोजनालयमा खाना खुवाएर काठमाडौंतर्फ लाग्दा करिब १० किलोमिटर पर सुकुटेनजिकै पुगेर दुर्घटनामा परेको हो ।
दुर्घटनास्थलमा भेटिनुभएका स्थानीय प्रत्यक्षदर्शी प्रकाश खड्काका अनुसार तीव्र गतिमा आइरहेको उक्त बस अचानक सडकबाट उछिट्टिएर एक बल्ड्याङ खाँदै खोलामा खस्यो । बस खसेपछि स्थानीयबासी उद्धारमा जुटे । नजिकैको सुकुटे बिच रिर्सोट, भोटेकोसी रिर्सोटबाट बोट लिएर र्याफ्टिङ गाईडहरू उद्धारमा खटिएका थिए ।
उनीहरूले २० जनाभन्दा बढीलाई उद्धार गरी अस्पताल पठाएका थिए । उनीहरूका कारण थप मानवीय क्षति हुन पाएन । ‘आत्तिएर कतिपय त खोलामै हाम फाले’, प्रत्यक्षदर्शी खड्काले भन्नुभयो– ‘उनीहरूलाई खोलाले बगाएर लगिहाल्यो ।’
कसरी खस्यो बस ?
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित अरनिको राजमार्गमा अनियन्त्रित भई बस सडकबाट करिब ५ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो । भरस्पिडसँगै स्टेरिङ टायरेट फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
ओभरस्पिडमा रहेको र स्टेरिङ काट्ने टायरेट खुस्किएर बस चालकको नियन्त्रणभन्दा बाहिर गएको हुनसक्ने बस चालकहरूको अनुमान छ । तर तीव्र गतिकै कारण दुर्घटना हुनसक्ने लामो समयदेखि बस चलाउँदै आएका प्रत्यक्षदर्शी खड्काले बताउनुभयो ।
टायरेट फेलका कारण नभई तीव्र गतिकै कारण दुर्घटना भएको पनि एकाथरीको अनुमान छ । तीव्र गतिका कारण यति ठूलो दुर्घटना भएको अर्का बस चालक रामशरण खड्काले बताउनुभयो । ‘उताबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा बस खोलामा खसेको भन्ने छ’, खड्काले भन्नुभयो– ‘ओभरलोड र ओभरस्पिडकै कारण दुर्घटना भएको देखिन्छ ।’
मृतकको नाम, थर
रञ्जिता केसी, भीमेश्वर–९, दोलखा
सिसन तामाङ, शैलुङ्गेश्वरी–३, दोलखा
रत्नकुमारी राउत, शैलुङ्गेश्वरी–५, दोलखा
किरण राउत, शैलुङ्गेश्वरी–५, दोलखा
कविता राउत, शैलुङ्गेश्वरी–५, दोलखा
निखिल खड्का, शैलुङ्गेश्वरी–५, दोलखा
दिउन लामा, शैलुङ्गेश्वरी–४, दोलखा
निर्मला खड्का, शैलुङ्गेश्वरी–३, दोलखा
उरमाया मोक्तान, दोलखा
चमेली श्रेष्ठ, त्रिपुरासुन्दरी–४, सिन्धुपाल्चोक
सायारानी श्रेष्ठ, त्रिपुरासुन्दरी–४, सिन्धुपाल्चोक
चेतकुमारी बस्नेत, शैलुङ–५
सलिना तामाङ, शैलुङ–४
सुजिता तामाङ, रोशी गाउँपालिका–४, काभ्रे
(तीन जनाको सनाखत हुन बाँकी)
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...



