आगलागी पिडितलाई सहयोग जुटाउदै एनआरएनए अष्ट्रेलिया

“हाम्रो दोश्रो घर जल्दै छ, आउँ हातेमालो गरौ, सकेको सहयोग गरौं” भन्ने अभियान सहित यति बेला अष्ट्रेलियाको नेपाली समुदायमा बिगत केहि दिन देखि यहाँभइरहको आगलागीबाट पिडित भएकाहरु लाई एनआरएनए अष्ट्रेलियाले सहयोग अभियान जारि गरेको छ । हिजो १२ नोभेम्बेर बिहान देखि Go Fund Me बाट १० हजार डलरको लक्ष्य सहित सहयोग संकलन अभियान शुरु गरिएको एनआरएनएका अध्यक्ष केशब कडेलले बताए । कडेलका अनुसार करिब ३०/३२ घण्टाको विच सहयोग संकलन लक्ष्यको नजिक पुगिसकेको छ । अष्ट्रेलियाको यो अप्ठ्यारो परिस्थितिमा हामीले सकेको सहयोग गर्नु हाम्रो कर्तब्य हो र यसलाई संस्थागत गर्दै नेपाली समुदायको तर्फबाट एकमुष्ठ रकम हस्तान्तरण गर्न सकियोस भनि एनआरएनए अष्ट्रेलियाले यसको नेतृत्व लिएको पनि कडेलले बताए।
हाल सम्म करिब चार सय घर आगोको चपेटामा परिसकेका छन् भने करिब दुइ दर्जन फाईर फाईटरहरु घाईते भइसकेका छन् । न्यु साउथ वेल्स राज्यमा फैलिएको यस आगलागीका लागि एनआरएनएबाट संकलित र सहयोग रकम आउंदो शुक्रबार सम्म न्यु साउथ वेल्स रुलर फायर सर्भिसेजलाई हस्तान्तरण गर्ने जनाइएको छ । तपाई पनि यस सहयोग अभियानमा आफ्नो सानो ठुलो सहयोग मिसाउन चाहनुहुन्छ भने तलको लिंक मार्फत सहयोग गर्न सकिन्छ।
https://www.gofundme.com/f/lets-fight-against-the-fire-emergency?utm_source=messenger&utm_medium=chat&utm_campaign=p_cp+share-sheet&fbclid=IwAR0E90FoBDy26wh8HwZzWFeE1NE3Mq8QjvER9-EsmsHC2CTD7DaHXt081rU
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...