एनआरएनए अष्ट्रेलियाले सिमा अतिक्रमणको बिरोधमा भारतिय हाईकमिसनमा बिरोध पत्र बुझायो 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नोभेम्बेरको पहिलो हप्ता भारत सरकारले जारि गरेको आफ्नो देशको नयाँ नक्सामा नेपालको भूभाग पनि समेटेर सार्बजनिक गरे संगै देश विदेशका सबै नेपालीहरु, बिभिन्न संघ संस्थाहरु ले स्वतस्फुर्त त्यसको बिरोध र भर्त्सना गरिरहेका छन् । यसै सिलसिलामा एनआरएनए अष्ट्रेलियाले  लिम्पियाधुरादेखि कालापानी र लिपुलेकसम्म भूभाग नेपालको हो, एतिहासिक तथ्य र प्रमाणहरुलाई अझेलमा पारि एकलौटी रुपमा भारतले सार्बजनिक गरेको नक्शा अमान्य हुने भन्दै यसको बिरोध गरेको छ । नेपालको राष्ट्रिय सार्वभौमकता र भौगोलिक अखण्डता माथिको हस्तक्षेप प्रबाशमा बस्ने नेपालीहरुलाई अमान्य हुने भन्दै  जति सक्दो छिटो द्दिपक्षिक बार्ताबाट समाधान निकाल्न भारत सरकारको ध्यानआकर्षण गर्दै भारतीय हईकमिसन क्यानबेरा मार्फत भारत सरकारलाई बिरोध पत्र बुझाएको छ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कंडेलको नेतृत्वमा रहेको उक्त बिरोध पत्र बुझाउने कार्यक्रममा एनएसडब्लुका लागि महाबाणिज्यदुत दिपक खड्का, एनआरएनएका केन्द्रिय उपाध्यक्ष  मन केसी,  आइसीसी सदस्य राजु अधिकारी, एनआरएनए अष्ट्रेलियका उपाध्यक्ष एबम एसिटि संयोजक चुडामणि सापकोटा लागाएत एनआरएनए अष्ट्रेलियाका प्रतिनिधिहरु, सदस्यहरु बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु र नेपाली दाजुभाई/दिदिबैनीहरु को उपस्थिति थियो।
बिरोधपत्र बुझाए संगै  एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कंडेलले संस्थागत रुपमा एनआरएनए आइसीसीबाट सुरु भएको भारत सरकारबाट नेपाली सिमा अतिक्रमणको बिरोध स्वरुप एनआरएनए अष्ट्रेलियाले छोटो तयारीका साथ भारतीय हाईकमिसनमा बिरोध पत्र बुझाएको र अब सबै राज्य समितिहरु लाई आ-आफ्नो राज्यमा रहेको भारतीय हाईकमिसनका कार्यलयहरु मा बिरोध पत्र बुझाउनका लागि अनुरोध गरिने पनि बताए।